‘पत्रकार सरकारको चौँथो अंग’


काठमाण्डौँ,भदौ २९
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पत्रकारले सरकारको चौँथो अंग भएर सरकारलाई नै गाली गर्न नमिल्ने बताएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसनको ५७औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मन्त्री यादवले पत्रकारितालाई सरकारको चौँथो अंग भनेका हुन् । पत्रकारितालाई राज्यको चौँथो अंगका रुपमा मानिने विश्वव्यापी मान्यता छ तर मन्त्री यादवले त्यसो नभनेर सरकारको चौँथो अंग भनी संसार हसाउने अभिव्यक्ति दिएका छन् ।
कर्पोरेसनको वार्षिकोत्सवमा शुभकामना दिन पुगेका मन्त्री यादवले सम्बोधनको लगभग सबै समय मिडियाको आलोचना गरेर बिताएका थिए ।

उनले मिडिया माफियाले र धन्दावालाहरुले चलाएको आरोप पनि लगाए । उनले नुन बिक्रीवितरण गर्न सबैका लागि खुला गरिएको भनी छापिएका समाचार सत्य नभएको बताए । ‘यी पत्रकार सधैँ क्याबिनेटमा जान्छन् कि क्या हो, म मन्त्रीलाई थाहा नभएको कुरो यिनले कसरी थाहा पाउँछन् ?’, उनले कार्यक्रममा मिडियाप्रति कटाक्ष गर्दै भने । नुन बिक्रीवितरण सबैलाई खुला गरिएको सरकारको निर्णय गत असार २ गते राजपत्रमा प्रकाशित भएको थियो । तर मन्त्री यादवले सफेद झूठो बोलेर सबैलाई चटक देखाएका थिए । एउटा अनलाइनको त उनले नामै लिएर ‘कालोपाटी’ भनी आलोचना गरेका थिए ।

प्रमुख अतिथिको सम्बोधनपछि सभा विसर्जन गर्ने कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरको सम्बोधनले मन्त्री यादवको भाषण लगभग खण्डन भएको थियो । अध्यक्ष मानन्धरले १८ महिनाअघि पारित भएको नगद लाभांश र बोनस सेयर दिने निर्णय अर्थ मन्त्रालयले रोकेर राखेको स्पष्ट रुपमा बताएका थिए । कार्यक्रममा संस्थाकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले स्वागत मन्तव्य दिँदै कर्पोरेसनको प्रगति विवरण पेस गरेकी थिइन् । कार्यक्रममा आपूर्ति सचिव वैकुण्ठ अर्याललगायतले सम्वोधन गरेका थिए । कार्यक्रमका विभिन्न व्यक्तिलाई सम्मानित गरिएको थियो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com