पुुनर्कर्जाको उपयोग बढ्यो

१७ हजार दुई सय ऋणीको ३२ अर्ब १९ करोड सहुलियत कर्जा बक्यौता

काठमाण्डौँ,भदौ २९
 पुनर्कर्जाको उपयोग बढेको छ । नेपाल राष्ट्र बैंकका अनुुसार उत्पादनशील क्षेत्रतर्पm कर्जा प्रवाह तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जाको उपयोग समीक्षा वर्षमा बढेको हो । 

राष्ट्र बैंकका अनुुसार २०७६ असार मसान्तसम्ममा केन्द्रीय बैंकको २२ अर्ब ४१ करोड पुनर्कर्जा लगानीमा रहेको छ । यसअन्तर्गत साधारण पुनर्कर्जा १९ अर्ब ३१ करोड र निर्यात पुनर्कर्जा ८६ करोड ६१ लाख उपयोग भएको छ । भूकम्पपीडितहरुलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइएको पुनर्कर्जाको बक्यौता २०७६ असार मसान्तमा दुुई अर्ब २१ करोड रुपैयाँ पुुगेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार हालसम्म यस्तो कर्जाको उपयोग एक हजार पाँच सय ७८ जना ऋणीले उपयोग गरेका छन् ।

२०७६ असार मसान्तसम्ममा ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ बमोजिम प्रवाह गरिएको कर्जामध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत १७ हजार दुुई सय तीन जना ऋणीको ३२ अर्ब १९ करोड कर्जा बक्यौता रहेको छ । त्यसैगरी, सो कार्यविधिमा व्यवस्था भएका अन्य क्षेत्रतर्फ एक हजार ९२ ऋणीलाई ६३ करोड २० लाख कर्जा प्रवाह भएको छ । यसअन्तर्गत नेपाल सरकारले सहुलियतपूर्ण कर्जाका लागि कुल एक अर्ब २५ करोड ब्याज अनुदान प्रदान गरेको राष्ट्र बैंकले जानकारी
दिएको छ ।

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com