Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयातायात व्यवस्था कार्यालयमा पाँच करोडभन्दा बढी भ्रष्टाचार

यातायात व्यवस्था कार्यालयमा पाँच करोडभन्दा बढी भ्रष्टाचार


काठमाडौँ, जेठ २६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जनाविरुद्ध राजस्व हिनामिना गरेको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयमा सङ्कलित राजस्व हिनामिना भइरहेको भन्ने उजुरीमाथि छानबिन हुँदा तथ्यगत विवरण, प्रमाण समेतका आधारमा कार्यालय प्रमुखसहितले गैरकानुनी काम गरेको पाइएको आयोगले जनाएको छ । आयोगले तत्कालीन कार्यालय प्रमुख नयराज नेपालविरुद्ध एक करोड आठ लाख २९ हजार ६९ बराबरको बिगो असुलउपर गर्न माग गर्दै मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालीन कार्यालय प्रमुखत्रय तीर्थराज लम्साल तीन करोड ३० लाख ७९ हजार ३७३, गोपाल थपलिया एक करोड ३० लाख ७२ हजार १५३ र भूपेन्द्र राईविरुद्ध ५६ लाख १२ हजार ५४७ बराबरको बिगो असुल गर्न माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । तीन करोड ७२ लाख ४४ हजार ७ सय ५५, तत्कालीन लेखापालहरू रुद्रप्रसाद दाहाल तीन करोड ४८ लाख ९३ हजार २ सय १६, अर्जुन भट्टराई दुई करोड १७ लाख ३२ हजार ४ सय ७३ र कृष्णप्रसाद कट्टेल ७३ लाख ६२ हजार ४ सय ५५ बराबरको बिगो दाबी गरिएको छ ।

यसैगरी कम्प्युटर अपरेटरहरू सुजन राई २२ लाख ४४ हजार ३ सय ३६, राकेश रोशन मगर, रमेश पौडेल, भूमिराज अधिकारी र हरिमदन ढुङ्गेलविरुद्ध समान पाँच करोड ९४ लाख ९८ हजार ९ सय ३१ बराबरको बिगो दाबी गरिएको छ । कम्प्युटर अपरेटर दीपेन्द्रकुमार मण्डल एक लाख ४६ हजार ५२६, मैयाँकुमारी चापागाईं २२ लाख ४४ हजार ३३६ र रबिनकुमार विश्वासविरुद्ध ४५ हजार ४ सय ६१ बराबरको बिगो दाबी गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया