महासंघ र मेलमिलाप परिषदबीच सहमति

काठमाडौं, भदौ ३१
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल मेलमिलाप परिषद्बीच मेलमिलाप केन्द्रको स्थापना र सञ्चालन गर्न पूर्वतयारी गर्ने सम्बन्धी एक सहमतिपत्रमा हस्ताक्षर भएको छ । उद्योग, व्यापार, वाणिज्य तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित मेलमिलाप प्रक्रियाबाट समाधान हुनसक्ने किसिमका विवादहरूको समाधान मेलमिलापमार्फत गराउन आवश्यकता महसुस गर्दै सो सहमति भएको हो ।

सहमतिपत्रमा महासंघका उपाध्यक्ष किशोर कुमार प्रधान र नेपाल मेलमिलाप परिषद्को तर्फबाट सदस्य सचिव नारायण प्रसाद पन्थीले हस्ताक्षर गरेका थिए । मेलमिलाप केन्द्र स्थापना प्रक्रिया, कार्य विधि, संस्थाको स्वरूप, कानुनी प्रक्रिया समग्र विषयमा अभिमुखीकरण गर्ने उद्देश्यले पूर्वन्यायाधीश र वरिष्ठ अधिवक्ताहरूको कार्यपत्रसहितको अन्तर्क्रिया कार्यक्रम आयोजना गरी कार्यक्रममार्फत प्राप्त पृष्ठपोषणलाई आधार मानी केन्द्र स्थापना कार्य अगाडि बढाउने विषय सहमतिपत्रमा उल्लेख गरिएको छ ।

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका उपाध्यक्ष प्रधानले परिषद्सँगको सहमतिले उद्योगी व्यवसायीहरूको समस्या समाधान गर्न निकै सहज हुने बताए । उनले यो सहकार्य व्यावसायिक समस्या समाधानमा कोशेढुंगा सावित हुने समेत विश्वास व्यक्त गरे । परिषदको तर्फबाट मेलमिलाप परिषद्का सदस्य सचिव पन्थीले सहमतिपश्चात् आयोजना हुने कार्यक्रमबाट निजी क्षेत्रका विभिन्न क्षेत्र लाभान्वित हुने बताए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com