ग्रामीण भेगमा खुल्न थाले दूग्ध चिस्यान केन्द्र

सुबास बस्नेत
दोलखा, असोज १
ग्रामीण भेगमा दूग्ध चिस्यान केन्द्र खुल्न थालेका छन् । ग्रामीण भेगका कृषकहरूले गाईभैँसी पालन गरेर दुध उत्पादन गरी बिक्रीवितरण गर्न थालेपछि स्थानीय तहमा चिस्यान केन्द्र खोल्न थालिएको हो । स्थानीय सरकारले पशुपालक कृषकलाई अनुदान दिन सुरु गरेसँगै दुध र तरकारी उत्पादकको संख्या वृद्धि भएको हो । दुर्गम गाउँअन्तर्गत पर्ने जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर ६ तीनपिप्लेमा धेरैजसो कृषकले गाईभैँसी पालन गरेर राम्रो आम्दानी हुनेगरेको बताएका छन् ।

मेलुङमा उत्पादन गरेको दुधलाई व्यवस्थापन गर्नका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेर दूग्ध चिस्यान केन्द्र स्थापना गरी प्रयोगमा ल्याएको छ । मेलुङ गाउँपालिको अनुदान सहयोगमा गाउँघर साना किसान कृषि सहकारीले व्यवस्थापन गर्ने गरी दूग्ध चिस्यान केन्द्र सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । चिस्यान केन्द्र सञ्चालनका लागि गाउँपालिकाले पाँच लाखको अनुदानमा चिस्यान केन्द्रका लागि आवश्यक सामग्रीहरू खरिद गरी वितरण गरेको थियो । गत वर्ष प्रदेश सरकारले मेलुङ गाउँपालिकाका कृषकहरूका लागि गाई खरिद गर्न २५ लाख अनुदान वितरण गरेको र सोही रकमवाट गाई खरिद गरी ३० घर परिवारले गाई पाल्दै आएका छन् ।

किसानहरूले प्रतिलिटर दुधको फ्याटको आधारमा ६६ रूपैयाँसम्म पाउने गरेको साना किसान कृषि सहकारीका अध्यक्ष श्रीराज पोखरलले जानकारी दिए । कृषिमा उत्पादन बढाउने उद्देश्यले कृषकहरूका लागि सहुलियत कर्जामा सहकारीले एक करोड रकम लगानी गरेको उनले बताए । त्यस्तै गरी जिल्लाको कालिन्चोक गाउँपालिकाको वडा नम्बर ९ मा पनि स्थानीय गाईभैँसी पालन गर्ने कृषकले उत्पादन गरेको दुध जम्मा गर्नका लागि वडाको आर्थिक सहयोगमा दूग्ध चिस्यान केन्द्र सञ्चालनमा आएको कालिन्चोक गाउँपालिका वडानम्बर ९ का वडा अध्यक्ष रामप्रसाद मैनालीले जानकारी दिए ।

वडाले गत आर्थिक वर्षदेखि गाईभैँसी पालन गर्ने चाहाना भएका कृषकलाई अनुदान दिन भनेर वडाले तीन लाख बजेटमार्फत अनुदान दिँदै आएको वडा अध्यक्ष मैनालीले बताए । गाउँघरमा स्थापना भएका कृषि सहकारी र कृषि समूहले सहकार्य गरेर पछिल्लो समय गाउँघरमा धेरै मात्रामा दुध संकलन केन्द्रहरू बन्न थालेका छन् ।

जिल्लाको बैतेश्वर गाउँपालिकाले पनि आगामी मंसिर महिनादेखि सञ्चालन हुनेगरी चिस्यान केन्द्र निर्माण गरिरहको छ । गाउँपालिकाको ७५ लाख बजेटमा सबै वडालाई समेट्ने गरी चिस्यान केन्द्र निर्माण गरिरहेको बैतेश्वर गाउँपालिकाले जनाएको छ । पछिल्लो समय जिल्लाका अन्य दुर्गम ग्रामीण भेगमा रहेका गाउँपालिकाले पनि आफ्नो ठाउँमा दूग्ध, तरकारी, फलफूल चिस्यान केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको जनाएका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com