ओप्पोले ६ गते ‘ए९ २०२०’ सार्वजनिक गर्ने

काठमाडौं, असोज १
ओप्पोले आफ्नो लोकप्रिय ए सिरिज अन्तर्गत जेन जी पुस्ताका लागि विशेष लक्षित नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । नेपालमा सार्वजनिक हुने तयारीमा रहेको ‘एनाइन २०२०’ कम्पनीले असोज ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो । एनाइन २०२०का साथै कम्पनीले सोही दिन ‘एफाइभ २०२०’ पनि सार्वजनिक गर्ने जानकारी दिएको छ ।

कम्पनीका अनुसार सार्वजनिकको तयारीमा रहेका ‘एनाइन २०२०’ र ‘एफाइभ २०२०’ दुवै मध्यमवर्गीय स्मार्टफोन बजारलक्षित उत्पादनहरु हुन् । अत्याधुनिक सुविधा तथा फिचर्स सम्मिलित फोनमा उत्कृष्ट फोटोग्राफी क्षमता, सुन्दर डिजाइन र लामो समय टिक्ने ब्याट्री पनि उपलब्ध छन् । फोटोग्राफीका लागि उत्कृष्ट क्यामेरा, बोक्दा प्रिमियम अनुभव दिन आकर्षक डिजाइन र निरन्तर लामो समयसम्म विना कुनै समस्या चलाउन सकिने ब्याट्री क्षमतासहितका यी दूबै फोनहरु बहुसंख्यक उपभोक्तालाई एकै साथ समेट्ने सोचका साथ सार्वजनिक गर्न लागिएको ओप्पोले जनाएको छ ।

ओप्पो ए सिरिज २०२०ले बहुआयामिक उपभोक्ताका मागको सम्बोधन गर्नुका साथै विशेषगरी, जेनरेसनजी युवा वर्गलक्षित रहेको कम्पनीले जनाएको छ । उपभोक्ताद्वारा अत्यधिक रुचाइएको ओप्पो विगत १० वर्षदेखि ओभरसिज बजारहरुमा सक्रिय छ । सन् २००९ मा पहिलो ए सिरज मोडल, ए१०० थाइल्याण्डमा सार्वजनिक गरिएदेखि नै यसको डिजाइन, फोटोग्राफी र ब्याट्री प्रविधिका लागि फोनले अतुलनीय मौखिक लोकप्रियता पाइरहेको छ ।

कम्पनीका अनुसार ओप्पो एनाइन २०२०मा उपलब्ध गरिएको ४८एमपी अल्ट्रा–वाइड–एंगल क्वाड क्यामेरा छन् । यसको क्यामेराले अल्ट्रा नाइट मोड २.०, अल्ट्रा वाइड फोटोग्राफी र आर्टिस्टिक पोट्रेट स्टाइलको पूर्ण रेञ्जसपोर्ट गर्छ । त्यसैगरी, यसमा रहेको १६ एमपी फ्रण्ट क्यामेराले प्रयोगकर्तालाई इच्छाअनुसार परिमार्जनमा सघाउन एआई ब्यूटिफिकेसन प्रविधिको पनि प्रयोग गर्ने कम्पनीले जनाएको छ । भिडियो शुटिङ पनि कम्पनीले उत्कृष्टता दिने प्रयास गरेको छ । यसमा रहेको फोरके भिडियो प्रविधिले सुदृढ इफेक्ट्समार्फत स्पष्ट भिडियो, जीवन्त रंग तथा दृश्य सम्प्रेषणमा सघाउँछ ।

साथै, यसमा रहेको भिडियो स्टेबिलिटी प्रविधिमार्फत प्रयोगकर्ताले स्थिर र व्यावसायिक देखिने भिडियो खिच्न सकिने बताईएको छ । १९ घण्टासम्म लगातार मोबाइल प्रयोगको सुविधा दिने क्षमतासहितको यो फोनमा रहेको ५ हजार एमएएच ब्याट्रीले प्रयोगकर्तालाई लामो समयसम्म फोनको निरन्तर प्रयोग गर्न सघाउँछ । ओप्पोको ए सिरिजमा ठूलो र सुदृढ गुणस्तरीय आवाज दिने क्षमतासहितको डुअल स्टेरियो स्पिकर्स र रोमाञ्चक आवाज सम्प्रेषणका लागि डल्बि एट्मोस साउण्ड इफेक्ट पनि उपलब्ध गरिएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com