म्यादथपको समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग आग्रह

काठमाडौं, असोज १
नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटी म्याद थपको व्यवस्था संशोधनका लागि पहल गरिदिन आग्रह गरेको छ । सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली, २०७६ मा सम्पन्न हुन नसकेका परियोजनाहरुको हकमा एक वर्ष म्यादथपको प्रष्ट व्यवस्था भएपनि विगतका संशोधनका केही बुँदालाई आधार मान्दै म्याद थप नभइरहेको महासंघले जनाएको छ । नियमावलीको छैठौं संशोधनको नियम १२० को उपनियम (५)मा म्यादथप सम्बन्धि निर्णय सम्झौता अवधिभित्रै गरिसक्नुपर्नेछ भन्ने वाक्याशंले गर्दा तीन—तीन पटक नियमावली संशोधन भए पनि म्याद थपको समस्या समाधान नभएको महासंघको भनाइ छ ।

समस्या समाधानका लागि महासंघले छैठौं संशोधनको नियम १२० को उपनियम (५) खारेज वा संशोधन हुनुपर्ने माग अघि सारेको छ । साथै नियम(आठौं संशोधन) १२० को उपनियम (६) को प्रतिबन्धात्मक वाक्यांशमा व्यवस्था भएको म्याद थप गर्ने अधिकारी विशिष्ठ श्रेणी वा सो सरहको अधिकृतको सट्टा विभागीय प्रमुखबाट म्याद थपहुनु पर्ने महासंघको धारणा छ । त्यस्तै नियम १२० को उपनियम (६) को प्रतिबन्धात्मक वाक्यांशमा व्यवस्था भएको निकाय वा आयोजनालाई थप आर्थिक भार नपर्ने शब्दको सट्टा निकाय वा आयोजनालाई र बोलपत्रदाता दुवै पक्षलाई थप आर्थिक भार नपर्ने गरी म्याद थप गर्नुपर्ने माग महासंघले अघि सारेको छ । साथै नियम १२० को उपनियम (६) को प्रतिबन्धात्मक वाक्यांशमा व्यवस्था भएको १ वर्ष म्यादगर्न सकिनेको सट्टा १ वर्ष र एक वर्षभन्दा बढी आवश्यक हुने परियोजनाहरुलाई प्राविधिकको पुष्ट्याईको आधारमा आवश्यकता अनुसार म्यादथप गर्न सकिनेछ भनी उल्लेख हुनुपर्ने महासंघको माग छ ।

महासंघ प्रतिनिधिमण्डले सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली २०७६ को नियम ६५ को उपनियम ४ (च) मा उल्लेख भएअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्धारण गरेको ढाँचामा बैंक क्रेडिट लाइनको सुविधा उपलब्ध भएको हुनुपर्ने धारणा राखेको छ । उक्त नयाँ ढाँचाअनुसार सो को लागि ऋणसरह नै असिमित धितो आवश्यक भई बैंक तथा वित्तीय संस्थाबाट सहज रुपमा क्रेडिटलाइन जारी हुन नसकेकोे अवस्था रहेको महासंघको भनाइ छ । यस्तो प्रवृत्तिले विभिन्न निकायहरुबाट आह्वान भएका बोलपत्रहरुमा निर्माण व्यवसायीहरु भाग लिनबाट वञ्चित हुनुपरेको महासंघले जनाएको छ ।

साथै राज्यले लिएको लक्ष्य अनुरुप पूर्वाधार विकासका कार्य समेत अवरुद्ध भइरहेको भन्दै महासंघले बैंक क्रेडिट लाइनको नयाँ ढाँचालाई साबिककै अनुसार हुने गरी संशोधनका लागि पहल गरिदिन आग्रह गरेको छ । जवाफमा मन्त्री भट्टराईले सरोकारवाला निकायसँग छलफल गरी समस्या समाधानका लागि पहल गर्ने बताए । भेटमा महासंघका उपाध्यक्ष आङ दोर्जी लामा(एडी), महासचिव रोशन दाहाल, महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता रहेको थियो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com