एनसेलको आकर्षक अफर ‘मेरो प्लान’

काठमाडौं, असोज २
एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको छ । कम्पनीका अनुसार ग्राहकले अब अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् । कम्पनीले बुधबारदेखि लागू हुने गरी ‘मेरो प्लान’ अफर सञ्चालनमा ल्याएको हो । यो योजनाअन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा प्लानहरु रहेका छन् । यी प्लानहरुअन्तर्गत ग्राहकले प्लानको समयावधि रहुन्जेल अझ सुलभ दरमा डेटा सेवाप्रयोग गर्न सक्नेछन् । यस बाहेक यी प्लानहरुअन्तर्गत ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्कभित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो योजनाको प्रमुख विशेषता भनेको प्रत्येक प्लानमा बण्डलिङ्ग गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफैं डेटा बन्द हुने सुविधा हो । ग्राहकले तत्काल मेरो प्लान प्रयोगकर्ताहरुका लागि विशेष रुपमा तयार गरेको थप डेटा प्याक लिई सेवाको प्रयोग गर्न सक्नेछन् । ग्राकहले करसहित दुई सय ५४ रुपैयाँ १० पैसामा १ जीबी डेटा भोल्युम र करसहित मात्र एक रुपैयाँ २८ पैसामा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र कल गर्न सकिने प्लान १९९ लिन सक्नेछन् ।

यसका साथै प्लानअन्तर्गतको डेटा भोल्युम समयावधि अगाडि नै सकिएमा ग्राहकले करसहित मात्र ८९ रुपैयाँ ३८ पैसामा थप १ जीबी प्याक सुचारु गरी सुलभ दरमा डेटा सेवा लिनसक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्लान २९९ अन्तर्गत ग्राहकले ३ जीबी डेटा भोल्युम र एक रुपैयाँ १५ पैसा प्रतिमिनेट अन नेट भ्वाइस सेवा ३ सय ८१ रुपैयाँ ७९ पैसामा सुचारु गर्न सक्नेछन् । यसका साथै प्लानअन्तर्गतको डेटा भोल्युम समयसीमा अगाडि नै सकिएमा ग्राहकले एक सय २७ रुपैयाँ ६९ पैसामा थप २ जीबी प्याक सुचारु गर्न सक्नेछन् ।

आफ्नो आवश्यकताअनुसार ग्राहकले पाँचमध्ये कुनै पनि एक प्लान लिन सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहकका लागि ६ जीबी डेटा भोल्युम रहेको प्लान ४९९ र १५ जीबी डेटा रहेको प्लान प्लान ७९९ पनि रहेका छन् । ग्राहकले ६ सय ३७ रुपैयाँ १७ पैसामा प्लान ४९९ लिन सक्छन् । यो प्लानमा मात्र एक रुपैयाँ दुई पैसामा प्रतिमिनेट भ्वाइस सेवाको प्रयोग गर्न सकिन्छ र प्लानमा भएको डेटाको भोल्युम सकिएपछि ग्राहकले थप ३ जीबी डेटाको प्याक १ सय ९१ रुपैयाँ ५४ पैसामा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै प्लान ७९९ अन्तर्गत एक हजार २० रुपैयाँ २४ पैसामा १५ जीबीका साथै ८९ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र भ्वाइस सेवा लिन सकिन्छ । यो प्लानमा भएको डेटा भोल्युम समयावधि अगावै सकिएमा ग्राहकले मात्र ३ सय ८३ रुपैयाँ सात पैसामा थप ७ जीबी डेटा भोल्युम लिन सक्नेछन् ।

कम्पनीले मासिक रुपमा बढी डेटाको आवश्यकता रहेका ग्राहकहरुका लागि प्लान ९९९ पनि ल्याएको छ । यस अन्तर्गत ग्राहकले मात्र १ हजार दुई सय ७५ रुपैयाँ ६२ पैसामा २५ जिबी डेटा र मात्र ६४ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र भ्वाइस सेवाको सुविधा प्राप्त गर्न सक्नेछन् । उक्त प्लानमा भएको डेटा भोल्युम समयावधि अगाडि नै सकिएमा प्लानमा रहेका ग्राहकले मात्र ५ सय १० रुपैयाँ ७६ पैसामा थप १० जीबी डेटा खरिद गर्न सक्नेछन् । हरेक प्लान अन्तर्गतको डेटा भोल्युम र सेवाहरुकोे प्रयोग गर्ने समयावधि ३० दिनको हुने कम्पनीले जनाएको छ ।

पाँचमध्ये कुनै पनि प्लान सुचारु गर्ने ग्राहकले करसहित मात्र ६४ पैसामा एनसेल नेटवर्कभित्र एसएमएस पठाउन सक्नेछन् । त्यसैगरी थप डेटा प्याकमा भएका डेटा भोल्युमको समयावधि ७ दिनको हुने कम्पनीले जनाएको छ । साथै ग्राहकले एस्ट्रिक्स३०२ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार कुनै पनि एउटा प्लान सुचारु गर्न सक्नेछन् । यस योजनामा समावेश गरिएका थप डेटा प्याकहरु खरिद गर्न ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी प्लानअनुसारको डेटा लिन सक्नेछन् । आफ्ना ग्राहकका लागि ग्राहककै आवश्यकताअनुसारको डेटा, भ्वाइस र एसएमएस बण्डलिङ्गसहितको प्लान ल्याउन पाएकोमा कम्पनी हर्षित रहको एनसेलले जनाएको छ ।

एनसेलले सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धताबमोजिम मेरो प्लान ल्याइएको कम्पनीले बताएको छ । यस योजनामा भएका कुनै पनि प्लान सुचारु भएपछि हरेक महिना स्वतः नवीकरण हुनेछ । प्लान नवीकरण हुनको लागि ग्राहक मोवाइलमा प्लानअनुसारको चाहिने ब्यालेन्स हुनुपर्दछ । मेन ब्यालेन्स प्लान नवीकरण गर्न अपुग भएको खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रतिमिनेट करसहित २ रुपैयाँ ५४ पैसा र एसएमएस सेवा करसहित प्रतिएसएमएस एक रुपैयाँ २८ पैसामा प्रयोग गर्न सक्नेछन् । यो योजना लागू भएको दिनदेखि तीन महिनाको लागि मान्य हुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com