स्टक क्लियरेन्स मेला भृकुटीमण्डपमा सुरु

काठमाडौं, असोज २
दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला सुरु भएको छ । इभेण्ट सोलुसन प्रालिको आयोजनामा सुरु भएको मेला
 को नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्घाटन गरे । मेला उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चलायमान बनाउन समय समयमा आयोजना हुने एक्स्पो तथा मेलाले टेवा पु-याउने बताए । ‘इभेण्ट सोलुसनले वर्षेनी आयोजना गर्दै आएको मेलाले आम उपभोक्तालाई सस्तो मूल्यमा एकै छाना मुनि समान किन्ने अवसर प्रदान गर्ने भएकाले नै चेम्बरले एक्सपोलाई प्रवर्द्धन गरेको हो’, चेम्बर अध्यक्ष श्रेष्ठले भने । 

ब्राण्डिङमा व्यवसायीलाई पनि मेलाले सहयोग पु-याउने बताउँदै उनले प्रदर्शनीस्थलको सही व्यवस्थापन नहुँदा आयोजक तथा प्रदर्शकहरुले समस्या झेल्नुपरिरहेको बताए । बिहीबारदेखि सोमबारसम्मका लागि बुकिङ भइसकेको अवस्थामा समाज कल्याण परिषदले एकाएक मेलालाई एक दिन अघि सार्न लगाएको भन्दै सम्झौताअनुसारको काम गरेर व्यवसायीलाई दुख दिन नहुने बताए । चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनि स्वदेशी तथा विदेशी सामानहरु उपलब्ध गराउनका लागि मेलाको आयोजना गरिएको हो ।

‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला पाँच दिनसम्म सञ्चालन हुनेछ । एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रा.लि.का प्रबन्धनिर्देशक विजयसागर प्रधानले बताए । विगत वर्षका मेला अधिक रुचाइएपछि यस वर्ष पनि मेलालाई निरन्तरता दिइएको हो । मेलामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहेको छ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत सञ्चालन गरिएको छ ।

मेलामा जुत्ता तथा चप्पल उद्यमी समूहअन्तर्गतका चारवटा नेपाली ब्राण्डको सहभागिता छ । बीएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजारभन्दा बढी मोडलका जुत्ता तथा चप्पलहरु १५ देखि ७५ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने बीएफ डियर हिलका प्रबन्धनिर्देशक होमनाथ उपाध्यायले बताए । रन सुजका प्रबन्धनिर्देशक रुद्र न्यौपानेका अनुसार स्पोर्टस, क्याजुअल तथा पार्ट सुजका साथै छालाका पेटीहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै दशैंको फूलपातीसम्म विभिन्न मेलामा उद्यमी समूहले निरन्तर सहभागिता जनाउनेछ ।

‘अफरै अफरको व्यापारिक मेला शपिंग गर्ने यही हो बेला भन्ने अर्को नारासहित सुरु भएको मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामग्रीका सयभन्दा बढी स्टलहरु रहेका छन्’, इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले भने । दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामग्रीहरु एकै ठाउँबाट विशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु समेत सञ्चालन हुनेछ । एक्सपोको प्रवर्द्धन नेपाल नेपाल चेम्बर अफ कमर्सले गरेको हो । ६० हजार उपभोक्ताले मेलाको अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com