Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्भेष्टमेन्ट बैंकको वातावरणमैत्री योजना

नेपाल इन्भेष्टमेन्ट बैंकको वातावरणमैत्री योजना


काठमाडौं, पुस १७
नेपाल इन्भेष्टमेन्ट बैंकले वातावरणमैत्री योजना सार्वजनिक गरेको छ । बैंकले विश्वव्यापीरूपमा जलवायु परिस्थितिहरू बिग्रिरहेको परिप्रेक्षमा नेपाल इन्भेस्टमेन्ट बैंकले अंग्रेजी नयाँ वर्षका अवसरमा सामाजिकरूपमा जिम्मेवार रहने आफ्नो निरन्तरको संकल्पसहित पृथ्वीलाई सम्मुख राख्दै दिगो र वातावरणमैत्री लगानीलाई प्रवर्द्धन गर्ने उद्देश्यसहितको विशेष योजना ल्याएको हो । बैंकले ल्याएको साढे सातवर्षे अवधिको निक्षेप ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’बाट निक्षेपकर्ताहरूले अवधि सकिएपछि आफ्नो निक्षेप दोब्बर भएको पाउने छन्, किनकी यो निक्षेपको सञ्चिति बढ्दै जाने प्रकृतिको छ ।

यसबाहेक यसको मुख्य विशेषता भनेको निक्षेप दोब्बर हुने मात्र नभई यो योजनाअन्तर्गत संकलन गरिएको निक्षेप नवीकरणीय ऊर्जादेखि हरित आवास, जलवायुअनुकूल (क्लाइमेट स्मार्ट) कृषिदेखि स्वच्छ पारवहन र प्रदूषण रोकथामसम्मका ग्रिन परियोजनाहरूमा लगानी गरिनेछ, जसबाट निक्षेपकर्ताहरूलाई विश्वव्यापी अभियानमा आफ्नो योगदान भएको भावसहितको सन्तुष्टि प्रदान गर्न सकियोस् भन्ने उद्देश्य राखिएको बैंकले जानकारी दिएको छ । लगानीका क्षेत्रहरू विशुद्धरूपमा मुलुकमा कार्बनको असर निष्प्रभावी तुल्याउने (कार्बन न्युट्रिलाइजेसन)का दिशामा एक कदम अगाडि बढाउने र विश्वव्यापी जलवायु परिवर्तनसँग सम्बन्धित चासोमुखी अभियानको समर्थन गर्ने ढाँचाले सुरुवात गरिएका छन् ।

यसका साथै, ‘ग्रिन डबल फिक्स्ड डिपोजिट, निक्षेपका केही अन्य लाभहरूमा निक्षेपकर्ताहरूले क्रेडिट कार्ड लिदा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् र यो ग्रिन डबल मुद्दती निक्षेप राखेको डेढ वर्ष पूरा भएपछि निक्षेपको शतप्रतिशतसम्म ऋण सुविधा पनि प्राप्त गर्न सकिनेछ । यो योजनाप्रति आम नागरिकहरूको समर्थनले हाम्रो समाज, राष्ट्र र समग्रमा विश्वमै व्यापक प्रभाव पर्ने बैंकको दाबी छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया