नेपाल इन्भेष्टमेन्ट बैंकको वातावरणमैत्री योजना
काठमाडौं, पुस १७
नेपाल इन्भेष्टमेन्ट बैंकले वातावरणमैत्री योजना सार्वजनिक गरेको छ । बैंकले विश्वव्यापीरूपमा जलवायु परिस्थितिहरू बिग्रिरहेको परिप्रेक्षमा नेपाल इन्भेस्टमेन्ट बैंकले अंग्रेजी नयाँ वर्षका अवसरमा सामाजिकरूपमा जिम्मेवार रहने आफ्नो निरन्तरको संकल्पसहित पृथ्वीलाई सम्मुख राख्दै दिगो र वातावरणमैत्री लगानीलाई प्रवर्द्धन गर्ने उद्देश्यसहितको विशेष योजना ल्याएको हो । बैंकले ल्याएको साढे सातवर्षे अवधिको निक्षेप ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’बाट निक्षेपकर्ताहरूले अवधि सकिएपछि आफ्नो निक्षेप दोब्बर भएको पाउने छन्, किनकी यो निक्षेपको सञ्चिति बढ्दै जाने प्रकृतिको छ ।
यसबाहेक यसको मुख्य विशेषता भनेको निक्षेप दोब्बर हुने मात्र नभई यो योजनाअन्तर्गत संकलन गरिएको निक्षेप नवीकरणीय ऊर्जादेखि हरित आवास, जलवायुअनुकूल (क्लाइमेट स्मार्ट) कृषिदेखि स्वच्छ पारवहन र प्रदूषण रोकथामसम्मका ग्रिन परियोजनाहरूमा लगानी गरिनेछ, जसबाट निक्षेपकर्ताहरूलाई विश्वव्यापी अभियानमा आफ्नो योगदान भएको भावसहितको सन्तुष्टि प्रदान गर्न सकियोस् भन्ने उद्देश्य राखिएको बैंकले जानकारी दिएको छ । लगानीका क्षेत्रहरू विशुद्धरूपमा मुलुकमा कार्बनको असर निष्प्रभावी तुल्याउने (कार्बन न्युट्रिलाइजेसन)का दिशामा एक कदम अगाडि बढाउने र विश्वव्यापी जलवायु परिवर्तनसँग सम्बन्धित चासोमुखी अभियानको समर्थन गर्ने ढाँचाले सुरुवात गरिएका छन् ।
यसका साथै, ‘ग्रिन डबल फिक्स्ड डिपोजिट, निक्षेपका केही अन्य लाभहरूमा निक्षेपकर्ताहरूले क्रेडिट कार्ड लिदा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् र यो ग्रिन डबल मुद्दती निक्षेप राखेको डेढ वर्ष पूरा भएपछि निक्षेपको शतप्रतिशतसम्म ऋण सुविधा पनि प्राप्त गर्न सकिनेछ । यो योजनाप्रति आम नागरिकहरूको समर्थनले हाम्रो समाज, राष्ट्र र समग्रमा विश्वमै व्यापक प्रभाव पर्ने बैंकको दाबी छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सभामुखद्वारा लोकतान्त्रिक सङ्घर्षमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण
- नेकपा एसद्वारा स्थायी कमिटी बैठक आह्वान
- वीरगञ्जको अलौमा आगलागी हुँदा सात घर जले
- आइक्यान पदाधिकारीका लागि अडानका चार जनाको उम्मेदवारी
- फोनपे पेमेन्ट सर्भिसद्वारा डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात
- मुक्तिनाथ विकास बैंकद्वारा कृत्रिम हात वितरण
- सिटिजन्स बैंकद्वारा विद्यार्थीहरूलाई पोशाक वितरण
- नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नौ महिनाको नाफा ९८ करोड ७३ लाख
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया