६१ अर्ब ४५ करोड रुपैयाँको सेयर सूचीकृत

काठमाण्डौँ,असोज ३
आर्थिक वर्ष २०७५÷०७६ मा ६१ अर्ब ४५ करोड रुपैयाँबराबरको सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको मुुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी विस्तृत प्रतिवेदनअनुुसार गत आवमा २७ अर्ब २० करोडबराबरको साधारण सेयर, १० अर्ब ८१ करोड बराबरको हकप्रद सेयर, २२ अर्ब ५८ करोड बराबरको बोनस सेयर र ८५ करोड १७ लाख बराबरको डिबेन्चर समेत गरी कुुल ६१ अर्ब ४५ करोड बराबरको सेयर सूचीकृत भएका हुुन ।

राष्ट्र बैंकका अनुुसार नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७५÷०७६ मा २५ अर्ब ५८ करोड बराबरको डिबेञ्चर निष्काशनको अनुमति प्रदान गरेको थियो । यसैगरी २०७५ असार मसान्तमा १२ सय १२ दशमलव चार विन्दुमा रहेको नेप्से सूचकांक तीन दशमलव आठ प्रतिशतले वृद्धि भई २०७६ असार मसान्तमा १२ सय ५९ विन्दुमा कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । धितोपत्र बजार पुँजीकरण नौ दशमलव दुुई प्रतिशतले बढेर २०७६ असार मसान्तमा १५ खर्ब ६७ अर्ब ५० करोड कायम भएको छ । बजार पुँजीकरण वार्षिक विन्दुगत आधारमा २०७५ असार मसान्तमा २२ दशमलव सात प्रतिशतले ह्रास भई १४ खर्ब ३५ अर्ब १४ करोड रहेको थियो ।

यस अनुसार कुल गार्हस्थ्य उत्पादनसँग बजार पुँजीकरणको अनुपात ४५ दशमलव दुुई प्रतिशत हुने देखिन्छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष यस्तो अनुपात ४७ दशमलव तीन प्रतिशत रहेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७६ असार मसान्तमा दुुई सय १५ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये एक सय ५४ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १९ वटा उत्पादन र प्रशोधन उद्योग, ३० वटा जलविद्युत् कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत सेयरहरूको चुक्ता मूल्य २०७६ असार मसान्तमा चार खर्ब १२ अर्ब २८ करोड पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com