भदौमा मात्रै झण्डै डेढ अर्ब रकमान्तर

सवा करोड आर्थिक सहायता÷उपनिर्वाचनको लागि २५ करोड र खेलकुदका लागि ९० करोड

काठमाण्डौँ,असोज ३

सरकारले चालू आर्थिक वर्ष २०७६÷०७७ को दोस्रो महिनामा मात्रै झण्डै डेढ अर्ब रुपैयाँ रकमान्तर गरेर खर्च गरेको छ । विभिन्न घटनामा आर्थिक सहायता प्रदान गर्नेदेखि आउँदो मंसिर १४ गते हुने उपनिर्वाचन, १३औँ दक्षिण एसियााली खेलकुद प्रतियोगिता, संयुक्त राष्ट्रसंघको ७४औं महासभामा भाग लिन जाने नेपाली टोलीको खर्चलगायतका शीर्षकमा सरकारले रकमान्तर गरेको हो ।

अर्थ मन्त्रालयका अनुसार भदौमा एक अर्ब ३७ करोड २० लाख ९२ हजार छ सय ७४ रुपैयाँ रकमान्तर गर्ने निर्णय भएको छ । सो रकममध्ये आर्थिक सहायताका लागि मात्रै एक करोड १९ लाख एक हजार एक सय ७८ रुपैयाँ रकमान्तर भएको छ । सो रकम केही बिरामी र सर्लाहीमा भएको आन्दोलनका क्रममा घाइते भएका १८ जनाको उपचारका लागि उपलब्ध गराइने अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार सर्लाही घटनामा १८ जनालाई आर्थिक सहायतास्वरुप ९१ लाख रुपैयाँ रकमान्तर गरिएको छ । उक्त रकम गृह मन्त्रालयका नाममा रकमान्तर गरिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिलाई भन्सार फिर्ताको लागि एक करोड ९२ लाख ४५ हजार दुई सय १६ रुपैयाँ अर्थ मन्त्रालयका नाममा रकमान्तर गरिएको छ ।

यस्तै, संयुक्त राष्ट्रसंघको ७४औँ महासभामा भाग लिन जाने नेपाली टोलीको लागि दुई करोड २९ लाख २२ हजार रुपैयाँ रकमान्तर गरिएको छ । महासभामा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको नेपाली टोली अमेरिका जाँदै छ । मन्त्रिपरिषद्को भदौ २ गतेको निर्णय अनुसार उक्त रकमान्तर गरिएको हो । राष्ट्रसंघमा यस पटक प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम छैन । प्रधानमन्त्रीको टोली गएको भए अझै धेरै रकम लाग्ने थियो । यस्तै, सरकारले नुन ढुवानीमा लाग्ने मूल्य अभिवृद्धि करबापतको रकम रकमान्तरका लागि एक करोड ६५ लाख ५० हजार रुपैयाँ साल्ट ट्रेडिङ्ग लिमिटेडलाई उपलब्ध गराएको छ ।

यस्तै, आउँदो मंसिर १४ गते हुने केन्द्र, प्रदेश र स्थानीय तहको उपनिर्वाचनको लागि सरकारले २५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । निर्वाचन आयोगको प्रशासनिक शीर्षकमा उक्त रकम खर्च हुनेछ । उपनिर्वाचन सञ्चालन तथा व्यवस्थापनको लागि भन्दै आयोगले पैसा माग गरेपछि सरकारले सो रकम उपलब्ध गराएको हो । कालीमाटी, कुलेश्वर, बल्खु सडक विस्तारको क्रममा पूर्णरुपमा विस्थापितहरुको लागि सरकारले ८२ लाख ५० हजार रुपैयाँ रकमान्तर गरेको छ ।

यसैगरी, आउँदो मंसिर १५ गतेदेखि २४ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागिएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको राष्ट्रिय टिम तयारीको लागि १५ करोड, खेल सामग्री खरिदका लागि ३८ करोड, समारोह व्यवस्थापनका लागि एक करोड, आवास व्यवस्थापनको लागि एक करोड गरी ५५ करोड रुपैयाँ निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ । सोही खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माणको लागि थप ४० करोड पनि निकासा गरिएको छ । अर्थका अनुसार दुई किस्तामा गरेर कुल ९५ करोड निकासा भइसकेको छ । उक्त रकम राष्ट्रिय खेलकुद परिषद्का नाममा निकासा गरिएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अर्थतन्त्रको महत्वपूर्ण वित्तीय संस्था बन्न चाहन्छौें

२०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका प्रकाश पौडेल वित्तीय क्षेत्रको प्रशंसनीय नाम हो । व्यवस्थापन संकायमा लुम्विनी वाणिज्य क्याम्पसबाट स्नाकोत्तर गरेका पौडेल २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा...

प्रकाश पौडेल प्रमुख कार्यकारी अधिकृत शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि., बुटवल, रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com