दशैंको बेला सीटीसी मलमा मोबाइल मेला

काठमाण्डौँ,असोज ३

नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गर्दै सुन्धारास्थित सीटीसी मलमा मोबाइल मेला आयोजना हुने भएको छ । मलको भुइँतल्लामा रहेको मोबाइलको सीटीसी मोबाइल हबमा चाडपर्व लक्षित अफरहरु सहित शनिबारदेखि मोबाइल मेला सुरु हुने भएको हो ।

मेलामा सञ्चालित अफरअन्तर्गत मोबाइल खरिद गर्नेहरुमध्येबाट प्रथम उपहारस्वरुप एक जनालाई यामाहाको रे जेड स्कूटर उपलब्ध गराइने मोबाइल हबले जनाएको छ । त्यसैगरी दोस्रो उपहारस्वरुप एक जनालाई इण्डोनेसियाको बाली भ्रमणको प्याकेज उपलब्ध गराइनेछ भने तेस्रो उपहारस्वरुप एक जनालाई ल्यापटप वितरण गरिने मोबाइल हबले जनाएको छ । सबैभन्दा धेरै ब्राण्ड, सबैभन्दा धेरै भेराईटी समेटेको मोबाइलहबमा बिश्वबजारका चल्तीका २० भन्दा बढी ब्राण्डका ६ सय ५० रुपैंयादेखि दुई लाख १५ हजार रुपैयाँसम्मका मोबाइल फोनहरु उपलब्ध छन् । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा दिने अफरका साथै जस्तोसुकै पुरानो मोबाइल सट्टा पट्टापनि गर्न सकिने छ ।

मोबाइल मेला अवलोकन गर्नेहरुलाई गोला प्रथाबाट विभिन्न ब्रण्डका स्मार्टफोन वितरण गरिने बताईएको छ । मेलामा मोबाइल खरिद गर्दा मोबाइलको निःशुल्क बीमा हुनेछ भने निःशुल्क सिनेमा टिकट पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । त्यसैगरी गल्फमा तोकिएको स्कोर गरी खरिद गरेको मोडलको अर्को एउटा मोबाइल निःशुल्क पाउन सकिन्छ । मोबाइल मेला दशैंको पूmलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरु कात्तिक १७ गतेसम्म लागू हुनेछन् । अफरहरु सीटीसी मोबाइलहब सुनधाराका साथै दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल र ताम्राकार कम्प्लेक्स न्युरोडमा रहेको सीटीभी मोबाइलमा लागू हुने बताइएको छ । मोबाइलको नयाँ गन्तव्यका रुपमा लिइएको मोबाइलहबमा चल्ने मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइल किन्न सकिनेछ ।

अफर भित्र पनि अफर अन्तरगत छुटका साथै अहिले लैजानुहोस् पछि तिर्नुहोस् भन्ने नाराका साथ शुन्यप्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल किन्न सकिन्छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइलहबका प्रबन्धनिर्देशक संगम राईले बताए । मोबाइल किन्न वा मर्मत गर्न मोबाइल हब जाँदा निःशुल्क पार्किङ पर्याप्त मात्रामा रुपमा उपलब्ध गराइने राईले बताए । मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांस ब्राण्डका ल्यापटप, क्यामेरा, टेलिभिजनका लागि पनि सीटीसी मोबाइल हब उचित गन्तव्य बन्ने छ ।

पालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सर्भिस सेण्टर मोबाइल हबमा छन् । नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आएको मोबाइलहबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिलजोनको समेत व्यवस्था रहेको बताइएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com