संविधानको सफल कार्यान्वयन गर

काठमाण्डौँ,असोज ३
एक युगमा पनि एकपटक विरलै आउने संविधान सभाले बनाएको नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान–२०७२ लाई पूर्णरुपमा कार्यान्वयन हुन नपाउँदै विवादमा तान्ने प्रयास हुन थालेको छ । आज मात्र चौथो संविधान दिवस हो । यति छोटो अवधिमा संविधानअनुसारका कानुनहरु पनि बनिसकेका हुँदैनन् र छैनन् पनि । यो सबैलाई थाहा भएकै कुरा हो । तर थाहा पाएरै पनि बुझपचाएर यसले यो गरेन, त्यो गरेन भनेर खोट देखाउने प्रयास गर्नु बदनियतको पराकाष्ठा नै हो । संविधान बनाउने विभिन्न विधिमध्ये संविधान सभा सर्वोत्कृष्ट विधि हो र नेपालले पनि २०७२ साल असोज ३ गते यही विधिबाट बनाइएको संविधान घोषणा गरेको थियो ।

जनताले बनाएको संविधान पूर्णरुपमा कार्यान्वयन हुन नपाउँदै डिजिटल प्रविधिको चरम विकासको दुरुपयोग गर्दै अतिवादी तत्वले सो संविधानविरुद्ध विष ओकल्न थालेको छ । शिशु संविधानलाई विवादमा ल्याउनेहरुमा मुलतः दुई खाले शक्ति रहेका छन् । प्रतिगामी, पुनरुत्थानवादी, दक्षिणपन्थी शक्ति सामाजिक सञ्जालबाट यो संविधानको उछित्तो काढ्न दिलोज्यान दिएर लागेको छ । यो शक्ति नेपाललाई फेरि पुरानै अवस्थामा फर्काउन चाहन्छ । त्यसकारण यसले संविधान कार्यान्वयनमा अवरोध सिर्जना गर्दै आएको छ । त्यस्तामा केही संविधान नमान्ने भन्छन्, कोही कालो दिवस मनाउने भन्छन्, कोही दीपावली पनि नगर्ने र कालो दिवस पनि नमनाउने भन्छन् । जे भने पनि उनीहरुको सार एउटै हो– संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयन गर्न अवरोध गर्ने । संविधान कार्यान्वयनमा अवरोध गर्ने अर्को शक्ति हो– वामपन्थी । यो शक्तिमध्येका कोही सरकारमा छन्, कोही क्रान्तिको भ्रान्तिमा । तर उनीहरु दुवै गन्तव्य एउटै हो– साम्यवाद । क्रान्तिमा भएको वामपन्थीले संविधान खारेजीको माग गरिरहेको छ भने सत्तामा रहेको वामपन्थीले संविधानलाई तोडमोड गरेर आपूmअनुकूल कार्यान्वयन गर्न खोजिरहेको छ । तर यी सबै संविधान सभामा सामेल थिए । जनताले पाखा लगाएपछि प्रतिगामी र उग्रवामपन्थीहरु विस्तारै विरोधतिर लागेका हुन् भने मौकापरस्त वामपन्थीले चाहिँ द्वैध चरित्र देखिएर संविधानको अक्षर, मर्म र भावनालाई म¥याकमुरुक पारेर बटार्ने काम गरिरहेका छन् । संविधान कार्यान्वयनको नेतृत्व गर्नुपर्ने प्रजातान्त्रिक शक्तिलाई चाहिँ जनताले कार्यान्वयनको घेराबाट बाहिर पारिदिएका छन् । लोकतन्त्रको उपहास गर्दै भ्रष्टाचारमा लिप्त भएको आशंकामा जनता उसको विपक्षमा उभिएका हुन् ।

यस्तो विषय परिस्थितिमा हामी चौथो संविधान दिवस मनाइरहेका छौँ । आजको यस महत्वपूर्ण घडीमा सबैले संविधानको दुरुपयोग गर्ने बद्नियत परित्याग गर्नु श्रेयस्कर हुन्छ । यसरी बदनियत नराख्दा विश्वका विकसित मुलुकमा सयौँ वर्षसम्म एउटै संविधानले काम गरेका उदाहरण छन् । तर हाम्रो कस्तो अविकसित मुलुकमा जनताले लामो अवधि कुर्न सक्दैनन् । उनीहरुमा ज्ञान र धनको अभाव हुन्छ र उनीहरु छिटोछिटो नयाँ विकल्प खोज्छन् । त्यसकारण जनताले फेरि नयाँ विकल्प खोज्नु प¥यो भने त्यो विकल्प अप्रजातान्त्रिक शासन व्यवस्था हुन्छ । त्यो विकल्प कसैका लागि पनि श्रेयस्कर हुँदैन । तसर्थ वर्तमान संविधानको सफल कार्यान्वयन आजको आवश्यकता हो र त्यो कार्यान्वयनको थालनी सरकारबाट हुनुपर्दछ, अहिलेको विकृत कार्यान्वयन रोकिनु पर्दछ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com