एक महिनामा दुई करोडको मदिरा बिक्री

काठमाण्डौँ,असोज ३
बाजुरामा महिनामा दुई करोडबराबरको मदिरा कारोबार हुने गरेको पाइएको छ । गरिबीको हिसाबले देशकै ७७औँ स्थानमा पर्ने बाजुरामा एक महिनामा दुई करोडको मदिराको कारोबार हुने गरेको छ । वर्षेनी खाद्यान्न अभाव खेपिरहने बाजुरा जिल्लामा एक महिनामा दुई करोड रूपैयाँभन्दा बढी मदिरा बिक्रीको कारोबार हुनेगरेको बाजुरा उद्योग वाणिज्य संघको तथ्याङ्कमा उल्लेख छ । उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकायाका अनुसार डेढ करोडदेखि दुई करोड रूपैयाँसम्मको मदिरा बिक्री यसै आर्थिक वर्षको सुरुवातमा भएको छ ।

व्यावसायिक प्यान नम्बर लिएका मदिरा पसलबाट न्यूनतम एक महिनामा दुई करोड रूपैयाँभन्दा बढी मदिरा खपत भएको र त्योसँगै लाखौँका स्थानीयवासीद्वारा उत्पादन गरिएको अवैध मदिरा पनि बिक्री हुनेगरेको उनको भनाइ छ । मदिरा पसलको कारोबारका लागि जिल्लाभरि आठ सय ४१ ले अनुमतिपत्र ‘प्यान नम्बर’ लिएको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्क छ ।

मदिरा पसल नवीकरणबाट यो असोजसम्ममा गत वर्षको भन्दा ३५ लाख रूपैयाँ बढी राजस्व सङ्कलन हुने निमित्त कोष तथा लेखा नियन्त्रक धनबहादुर थापाले जानकारी दिए । आठ सय ४१ मदिराका पसलमध्ये १२ पसल मात्रै भ्याटमा दर्ता छन् भने बाँकी सबै पसल प्यानमा कारोबार गरिरहेका जनाइएको छ । जिल्ला सदरमुकाम मार्तडीपछिको ठूलो व्यापारी केन्द्र कोल्टी बजारमा मदिराका थोक बिक्रेता मङल थापाले मासिक ३० देखि ४० लाख रूपैयाँसम्मको मदिरा बिक्री गर्ने गरेको बताए । जिल्ला प्रहरी कार्यालयले गत वर्ष असोजदेखि हालसम्म करिब १५ हजार लिटर घरेलु मदिरा जफत गरेर नष्ट गरेको जनाएको छ । घरेलु मदिरा उत्पादन गर्न सबैजसो खाद्यान्नको बनाउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्ववसिंह भाटले जानकारी दिए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com