महाकाली करिडोरको ईआईए सम्पन्न चार सय ४६ घरपरिवार विस्थापित

काठमाण्डौँ,असोज ३
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्कर हँुदै चीनसम्म जोडिने त्रिदेशीय नाका महाकाली करिडोरको वातावरणीय प्रभाव मुल्याङ्कन(ईआईए) अध्ययन सम्पन्न भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वार्ड नम्बर ९ को ब्रह्मदेवदेखि सुरु भई महाकाली नदीको किनार भएर डडेल्धुरा, बैतडी, दार्चुला भएर चीनसम्म पुग्ने उक्त राजमार्गको लम्बाइ जम्मा दुई सय ५४ किलोमिटर रहने सबइन्जिनियर भुषालले बताए । उनका अनुसार करिडोरको ईआईएको काम सम्पन्न भएर नक्साकङ्कन सकिएको छ । अब चाँडै नै कञ्चनपुरमा पनि उक्त करिडोरको निर्माण कार्य सुरु गरिनेछ । करिडोरको ११ किलोमिटर सडक कञ्चनपुरमा पर्दछ । करिडोर करिब ११ मिटर चौडा बनाइने बताइएको छ । बस्तीक्षेत्रमा १५ मिटर र जंगल क्षेत्रमा १३ मिटर ठाउँ चौडा गरिने बताइएको छ ।

महाकाली करिडोरको अध्ययन टोलीले करिडोरको विस्तृतरूपमा सामाजिक र वातावरणीय प्रभाव मुल्याङ्कन गरिसकिएको छ । उक्त टोलीले गरेको विस्तृत प्रतिवेदनका आधारमा करिडोर निर्माण कार्य गरिने करिडोर निर्माण आयोजनाका सब–इन्जिनियर भुषालले बताए । महेन्द्रनगरदेखि दार्चुलाको टिङ्करसम्म महाकाली नदीको किनारै किनार निर्माण गरिने उक्त करिडोरको जम्मा दुई सय ५४ किलोमिटर लम्बाइ रहनेछ । यस करिडोरले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लालाई जोड्नेछ । यो करिडोर विगत लामो समयदेखि राजनैतिक नेताहरूको चुनावी नाराको रूपमा समेत रहँदै आएको छ । करिडोर निर्माण हुने भएपछि प्रभावित क्षेत्रका जनता हर्षित भएका देखिन्छन् । करिडोरले विशेष गरेर कञ्चनपुरको भीमदत्त नगरपालिका, डडेल्धुराको परशुरामा गरपालिका र भागेश्वर गाउँपालिका, बैतडीका शिवनाथ र पञ्चेश्वर गाँउपालिका, दशरथ नगरपालिका, तथा दोगडा केदार गाउँपालिका र दार्चुलाका लेकम, मालिर्काजुन गाउँपालिका र महाकाली नगरपालिका हुँदै चीनसम्म जोड्ने बताइएको छ । आयोजनाले जम्मा एक सय १९ हेक्टर संरक्षित जमिन ओगट्ने दखिन्छ भने एक सय ४५ हेक्टर क्षेत्र वन क्षेत्र ओगट्नेछ ।

यस्तै झाडी क्षेत्र ७८ हेक्टर घाँसे क्षेत्र २३ हेक्टर र बाँझो क्षेत्र छ हेक्टर क्षेत्रफल ओगट्ने वातावरणीय प्रभाव मूल्याङ्कन इन्जिनियर केशव बानियाँले बताए । यस्तै उक्त करिडोरले करिब चार सय ४६ घरपरिवारलाई प्रभाव पार्ने बताइएको छ । जसमा भीमदत्त नगरपालिकामा ५७ परिवार, डडेल्धुरामा ५९ परिवार बैतडीको शिवनाथमा २१ दशरथचन्द नगरपालिकामा २७ र दोगडा केदार गाँउपालिकामा ५७ परिवार प्रभावित भएका छन् भने बैतडीको पञ्चेश्वर गाउँपालिकामा अध्ययन हुन बाँकी रहेको बताएका छन । यस्तै दार्चुलाको लेकम गाउँपालिकामा दुई, मालिमार्जुन गाउँपालिकामा १३ र महाकाली नगरपालिकामा दुई सय १० घरपरिवार विस्थापित हुनसक्ने बताइएको छ ।
करिडोरको जम्मा सडक लम्बाई दुई सय ५४ रहेको छ जसमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा ११ किलोमिटर, डडेल्धुराको परशुराम नगरपालिकामा ३५ दशमलव दुई किलोमिटर र भागेश्वर गाउँपालिकामा २३ किलोमिटर सडक पर्ने देखिन्छ । यस्तै बैतडी जिल्लामा उक्त करिडोरले सबैभन्दा बढी क्षेत्र ओगटेको देखिन्छ । जहाँ शिवनाथमा १५ किमि पञ्चेश्वरमा ६६ किमि दशरथचन्द नपामा ३१ दशमलव पाँच र दोगडा केदारमा ३१ दशमलव पाँच किमि सडक रहेको छ । भने दार्चुलाको लेकम गाउँपालिकामा ३५ दशमलव पाँच किमि, मालिकार्जुनमा २१ दशमलव नौ किमि र महाकाली नगरपालिकामा २१ दशमलव ३५ किलोमिटर सडक रहनेछ ।

पञ्चेश्वर जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रलाई छोडेर अन्यत्रबाट सडक लगेका छ जसले गर्दा बैतडीमा घुमाउरो बाटो परी लामो पर्न गएको देखिन्छ । पञ्चेश्वर हाइड्रोपावर बनेमा उक्त क्षेत्रमा सडक डुवानमा पर्ने भन्दै उच्च भागबाट सडक निर्माण गर्न प्रस्ताव गरी योजना बनाइएको योजना ईआईए अध्ययनकर्ता बानियाँले बताए ।
करिडोरको वातावरणीय र सामाजिक प्रभाव मूल्याङ्कन गरेर यसबाट पर्ने प्रभाव र असरका बारेमा समेत योजना बनाई सकिएको उनले बताए । बस्तीक्षेत्र हटाउन र पुनस्र्थापित गर्न वनक्षेत्रमा काटिएका रुखको विकल्पमा नयाँ बिरुवा रोप्नका लागि योजना बनिसकेको बनले बताए । विगत लामो समयदेखि नारामै सिमित रहेको महाकाली करिडोर बन्ने भएपछि आफूहरूलाई खुशी लागेको र केही आशा जागेको भीमदत्त नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामनाथ योगीले बताए । उनका अनुसार करिडोरको काम अन्य जिल्लामा सुरु भइसकेको भए पनि कञ्चनपुरमा अझै अन्यौल रहेकोले सुरु नभएको भन्दै चिन्ता प्रकट गरेका छन् । महाकाली करिडोरको ईआईए बनेपछि भने आफू खुशी भएको बताए । योगीले भनेः ‘करिडोर बनेमा यस क्षेत्रका बासिन्दालाई राहत हुनुका साथै केही सुविधासमेत हुनेछ । यसर्थ विकासका लागि केही प्रयास भएकोमा यस कार्यको प्रशंसा गर्दछु चाँडै सम्पन्न होस्’ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com