मेरिएट होटेलद्वारा चाडपर्वमा विशेष अफर

काठमाडौं, असोज ५
काठमाडौं मेरिएट होटेलले दशैंको अवसरमा दैनिक जीवनको भीड–भाडबाट पन्छिन खोज्ने व्यक्तिहरुका लागि उत्तम गन्तव्य प्रदान गर्ने विशेष अफर ल्याएको छ । काठमाडौं मेरिएट होटेलले विशेष प्याकेज ल्याएको छ । ग्राहकहरुले अक्टोबर ३ तारिखदेखि अक्टोबर १० तारिखसम्म १४ हजार पाँच सय रुपैयाँमा यस प्याकेजको आनन्द लिन सक्नेछन् । यस प्याकेजका लागि न्यूनतम दुई रातसम्म बस्नुपर्नेछ । साथै निःशुल्क प्रारम्भिक चेक–इन र ढिलाइ चेक–आउट रोज्न पनि सक्नेछन् ।

काठमाडौं मेरिएट होटेलले स्पा ट्रीटमेन्ट, चारवटै रेष्टुरेन्टमा कम्प्लीमेन्टरी वाइफाइसहित खाना तथा पेय पदार्थमा २५ प्रतिशत छुट दिने भएको छ । अतिथिहरुले दशैंको अवसरमा होटेलको आफ्नो कोठामा विशेष उपहारको पनि आशा गर्न सक्नेछन् । देशमा चाडपर्वको उत्साह छाएसँगै, काठमाडौं मेरिएट होटेल स्वादिष्ट मिठाई ‘मिठाई बाई मेरिएट’ अफर गर्ने पहिलो लक्जरी होटेलको छाप बनाएको छ । यस मिठाइ होटेलका कार्यकारी शेफ सञ्जीव रनजनले सुन्दर तरिकाले बनाएका हुन् ।

बेसनको लड्डु, तरबुजा बर्फी, गुडको लड्डु र काजुकाट्ली, अंजीर रोल जुन कुनै समय मनपर्ने ट्रिटलाई ५०० ग्राम र एक किलोको बक्समा राखेर उपहार दिन सकिन्छ । काठमान्डौं मेरिएट होटलले दशैंका लागि २६ सेप्टेम्बरदेखि र दीपावली अघि पनि प्रि–अर्डर लिने भएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com