३१ हजारले अवलोकन गरे स्टक क्लियरेन्स मेला

काठमाडौं, असोज ५
दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा असोज १ गतेदेखि सुरु भएको स्टक क्लियरेन्स मेलामा शनिबार मात्र ३१ हजारले अवलोकन गरेका छन् । मेलामा सस्तो मूल्यमा सामान किनमेल गर्ने ग्राहकको उल्लेख्य घुइँचो लागेको छ । इभेन्ट सोलुसनप्रालिको आयोजनामा सञ्चालन भइरहेको स्टक क्लियरेन्स मेलाको चौथो दिनसम्ममा ८३ हजारले अवलोकन गरेका छन् । मेलामा तेस्रो दिनसम्म ५२ हजार बढी अवलोकनकर्ताले सहभागिता जनाएका थिए । असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा तथा शनिबार परेका कारण अवलोकनकर्ताको बाक्लो उपस्थिति भएको इभेन्ट सोलुसनले जनाएको छ ।

इभेन्ट सोलुसनले वर्षेनी आयोजना गर्दै आएको मेलाले आमउपभोक्तालाई सस्तो मूल्यमा एकै छानामुनि हरेक प्रकारका सामान किन्ने अवसर प्रदान गर्दै आएको छ । चाडपर्वका बेला सस्तो मूल्यमा एकै छानामुनि स्वदेशी तथा विदेशी सामानहरु उपलब्ध गराउनका लागि मेलाको आयोजना गरिएको हो । ‘दशैंको बेला सस्तो मेला’भन्ने नाराका साथ सञ्चालित स्टक क्लियरेन्स मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत सञ्चालन गरिएको छ । मेलामा जुत्ता तथा चप्पल उद्यमी समुहअन्तर्गतका चारवटा नेपाली ब्राण्डको शेरुममा अवलोकनकर्ता तथा ग्रागहकको चाप देखिएको छ ।

बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजारभन्दा बढी मोडलका जुत्ता तथाचप्पलहरु १५ देखि ७५ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने भएकाले खरिदकर्ताको चाप बढेको बिएफ डियर हिलका प्रबन्धनिर्देशक होमनाथ उपाध्यायले बताए । रन सुजका प्रबन्धनिर्देशक रुद्र न्यौपानेका अनुसार स्पोर्टस, क्याजुअल तथा पार्ट सुजका साथै छालाका पेटीहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै दशैंको फूलपातीसम्म विभिन्न मेलामा उद्यमी समुहले निरन्तर सहभागिता जनाउनेछ ।

एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहेको छ । ‘अफरै अफरको व्यापारिक मेला शपिंग गर्ने यही हो बेला भन्ने नारासहित सञ्चालन भइरहेकोे मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथाउत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहेका छन् । दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु प्रदान गरिएको छ । नेपाल चेम्बर अफ कमर्शले प्रवर्द्धन गरेको एक्स्पो आइतबारसम्म चल्नेछ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com