युरिया मलको अभाव

 

 

वीरगञ्ज, असोज ७
कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीको लापरबाहीका कारण पर्साका किसानहरू मलबाट वञ्चित भई समस्या झेलिरहेका छन् । किसानलाई युरिया मलको खाँचो छ तर कृषि सामग्री र साल्ट ट्रेडिङमा भने डीएपी मल सञ्चय छ । दुवै कम्पनीले डीएपी मल आवश्यकता भएको बेला युरिया मल सञ्चय गरेका थिए भने अहिले युरिया आवश्यक भएको बेलामा डीएपी सञ्चय गरेर राखेका छन् । किसानहरूले भने धान रोप्ने बेलामा डीएपी मलको आवश्यकता हुनेगरेको र सो बखत दुई हजार एक सय ५० रूपैयाँ पर्ने डीएपी दुई हजार सात सय रूपैयाँ तिरेर खरिद गर्नुपरेको बताएका छन् ।

किसानहरूले धान रोप्ने बेलामा डीएपी मल प्रयोग गर्दा सो मलले तीन महिनासम्म धान्ने र त्यसपछि गोडमेल गर्दा युरिया मलको आवश्यकता पर्ने गरेकोमा अहिले युरियाको अभाव भएको जनाएका छन् । पर्सा जिल्लामा अहिले ९० प्रतिशत धान रोपाइँ भइसकेको छ र डीएपी मलको आवश्यकता छैन । अहिले किसानहरू धानखेतीको गोडमेलमा लागेका छन् । उनीहरूलाई युरिया मलको आवश्यकता छ । डीएपी मलको अभाव झेलेका किसानहरू अहिले युरिया मलको अभाव झेलिरहेका छन् ।

सहकारीहरूले कृषि सामग्री र साल्ट ट्रेडिङसँगको मिलेमतोमा किसानको नाममा मल उठाउने र ती मललाई सञ्चय गर्ने तथा आवश्यकता परेको बेलामा महँगो मूल्यमा बिक्री गर्ने कार्य विगत केही वर्षदेखि गर्दै आएका छन् । नक्कली सहकारीको नाममा दुवै कम्पनीबाट मल खरिद गर्ने घटना पछिल्ला चरणमा थुप्रै भेटिएका छन् । तर मिलेमतो भएको कारण कारबाही भएको छैन । किसानको नाममा सहकारीहरूले लाने मल गाउँटोलमा अहिले तस्करीको कारण बढी मूल्यमा बिक्री भइरहेको छ । एकजना किसानले महँगो मूल्यमा युरिया खरिद गर्नुपरेको र केही किसानहरूले भारतबाट ल्याउनुपरको बताए ।

असार, साउनमा खेत रोपाइँ गर्दा डीएपीको लागि यसैगरी महँगो मूल्यमा खरिद गर्नुपर्ने अथवा भारतबाट ल्याउनुपर्ने भएको थियो । कृषि सामग्री कम्पनी वीरगञ्जका प्रमुख गोविन्द पराजुलीले डीएपी मल सञ्चित रहेको र अबको १० दिनमा युरिया मल पनि आउने बताए । यसैगरी, साल्ट ट्रेडिङ कम्पनीका प्रमुख अनोज लामिछानेले पनि युरिया मलको अभाव रहेको र डीएपी मल सञ्चित रहेको बताए ।

उनले कम्पनीले मगाएको युरिया मल असोज १९ गतेको हाराहारीमा आइपुग्ने जानकारी गराए । कृषि सामग्री कम्पनीले भने यसअघि साउनमा आउने गरी मगाएको डीएपी अहिले आइपुगेको छ । समयमा नआएको डीएपी अब सहकारीहरूले खरिद गर्ने र सञ्चय गर्ने तथा पुनः किसानहरूलाई आवश्यकता परेको बेलामा महँगो मूल्यमा बिक्री गर्ने गरेका छन् ।

तस्करहरूसँगको साँठगाँठका कारण दुवै कम्पनीले अनुकूल समयमा मल नल्याउने र प्रतिकूल समयमा ल्याएको मल विभिन्न तरिकाबाट तस्करहरूलाई सुम्पने गरेका छन् । एक जना कारोबारीले सहकारी तथा ढुवानीका ठेकेदारहरूको मिलेमतोमा मलको तस्करी हुनेगरेको बताएका छन् । उनीहरूको इसारामा साल्ट ट्रेडिङ र कृषि सामग्रीले मलमा अनियमितता गर्ने गरेको थाहा हुन आएको छ । प्रतिसय बोरा १० हजारसम्म घुस लिएर ढुवानी ठेकेदार तथा सहकारीलाई मल दिने गरिएको स्रोतले जनाएको छ । 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com