सहकारीले शीतभण्डार निर्माण गर्ने

बनेपा, असोज ८
बनेपा नगरपालिकास्थित समृद्ध काभ्रेपलाञ्चोक कृषि सहकारी संस्था लिमिटेडले यो वर्ष शीतभण्डार निर्माण गरी जिल्लाका कृषकसँग सिधा सम्पर्कमा कृषि उपज खरिद बिक्री गर्ने योजना बनाएको छ । आफ्नो छैँटौँ वार्षिक साधारणसभाको अवसरमा शीत भण्डार निर्माण गरी संस्थागतरूपमा कृषि उपज खरिद बिक्री गर्ने घोषणा गरेको हो । संस्थाका अध्यक्ष पुरुषोत्तम हुमागाईंले चालू आर्थिक वर्षबाटै संस्थाले प्रदेश सरकारको सहयोगमा बनेपामा ३०० मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गर्ने जानकारी दिए । ‘हामी कृषकसँग सिधा सम्पर्क गरी कृषि उपज खरिद गर्नेछौँ, शीतभण्डार स्थापनाले कृषकलाई ठूलो राहत मिल्ने अपेक्षा गरेका छौँ’, उनले भने ।

कार्यक्रममा प्रदेश नं ३ प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईंले सहकारीले कृषिका क्षेत्रमा उदाहरणीय काम गरेको उल्लेख गर्दै आगामी दिनमा कृषि समूह निर्माण, व्यावसायिक कृषकको उत्पादनमा लाग्न सुझाव दिए । कृषि क्षेत्रमा उत्पादनमूलक कार्यक्रम ल्याउन आग्रह गर्दै उनले प्रदेश सरकारले अनुदान दिन तयार रहेको बताए । नयाँ व्यवस्थापनले सम्हालेको दुई वर्षको अवधिमा संस्थाले कृषि मेला तथा प्रदर्शनी, अर्ग्यानिक जिल्ला बनाउने अभियान, कृषि बजारको व्यवस्था, स्वस्थ उत्पादनको ट्रेडमार्क निर्माणजस्ता कार्य गरेको छ ।

संस्थाले हाल ८८ लाख सेयर पुँजी संकलन, तीन करोड ५९ लाख निक्षेप संकलन गरी पाँच करोड १८ लाख कर्जा लगानी गरेको संस्थाका कार्यकारी प्रमुख जयराम सिग्देलले जानकारी दिए । सहकारीले बनेपामा कृषि सहकारीसँगै कृषि बजारसमेत सञ्चालन गरिरहेको छ । सहकारीले कृषि उपज खरिद बिक्रीका लागि ढुवानीको साधन खरिद गर्ने, युवालाई उद्यमशील तालीम प्रदान गर्ने, लघुकर्जा प्रदान गर्ने तथा सिधा कृषकसँग कृषि उपज खरिद गर्ने, विषादीरहित तरकारी उत्पादनका कार्यक्रम निर्माण गर्ने तथा चालू आर्थिक वर्षबाटै आफ्नै नामबाट कृषि उपजको प्याकेजिङ गरी बिक्रीवितरण गर्ने योजनासमेत बनाएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com