व्यावसायिक खेतीमा आकर्षण

 

अनिल नेपाली
अर्घाखाँची, असोज ९
अर्घाखाँची जिल्लाका कृषकहरू आधुनिक व्यावसायिक खेतीमा आकर्षित भएका छन् । गाउँ–गाउँमा सडक पुगेपछि जिल्लाका कृषकहरू व्यावसायिक खेतीमा आकर्षित भएका हुन् । वर्षमा दुई पटक मात्र मकै, गहुँ र जौको खेती गर्ने यहाँका कृषकहरूले अहिले बाह्रै महिना आफ्नो खेतबारीमा नगदेबाली र तरकारीको खेती गर्न लागेका छन् ।

जिल्लामा आलु, गोलभेडा, बन्दा, काउली, सिमी, साग, प्याज, लसुनलगायतको तरकारी खेती गरी कृषकहरूले लाखौं रूपैयाँ कमाउन थालेका छन् । कृषकहरूले पछिल्लो समयमा सुन्तला, कागती, मौसमी, कफी, अदुवा अलैंची खेतीबाट पनि मनग्य आम्दानी लिन थालेका छन् । गाउँ–गाउँमा सडक पुगेपछि आफ्नो उत्पादनलाई बजारसम्म पु-याउन सहज भएपछि व्यावसायिक खेतीमा आकर्षित भएको कृषकहरूको भनाइ छ ।

गाउँ–गाउँमा सडक पुगेपछि स्थानीय कृषकहरू नगदेबाली, फलफूलका अतिरिक्त पशुपालन व्यवसायमा पनि निकै आकर्षित भएका छन् । कृषकहरूले गाई तथा भैँसी पालन गरी मनग्य आम्दानी गरेका छन् । जिल्लामा साविकका पणेना, पटौटी, हंसपुर, खनदह, अर्घातोष, मरेङ, भगवती गाविसका कृषकहरूले यसै वर्ष मात्र पनि करिब दुई करोडको सुन्तला बिक्री गरेका छन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com