जनमुखी सहकारीको नाफा साढे दुई करोड

दोलखा, असोज १२
बैतेश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोखरीमा अवस्थित जनमुखी सहकारीले दुई करोडभन्दा बढी नाफा कमाउन सफल भएको छ । यस संस्थाले आर्थिक वर्ष २०७६/०७७ मा आइपुग्दा २ करोड ६२ लाख ३१ हजार २ सय खुद नाफा कमाउन सफल भएको छ । संस्थाको २२औँ वार्षिक साधारणसभामा सहकारीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष लक्ष्मण चौलागाईंले संस्थाको कुल पुँजी ७६ करोड १९ लाख ६६ हजार ८ सय रहेकोे जानकारी दिए । संस्थाले दोलखाको पश्चिमी क्षेत्र लामोसाँघु जिरी सडकको मुख्य सडक क्षेत्रमा रहेको मैनापोखरी बजारमा आफ्नै भवन निर्माण गरी मुख्य कार्यालय राखेर तीन सय ६५ दिन नै सेवा प्रदान गर्दै आएको छ ।

सहकारीको सेयर पुँजी सात करोड नौ लाख ७५ हजार पाँच सय पुगेको छ । संस्थामा समग्र दोलखा जिल्लाका नौवटा स्थानीय तहका १६ हजार पाँच सय ८० जना सदस्य संस्थामा आबद्ध भएर बचत गर्दै आएका छन् । संस्थाको सञ्चालक समितिको प्रतिवेदन सहसचिव राजन केसीले प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले सहकारी अभियानको प्रमुख थलो बैतेश्वर गाउँपालिकाले सहकारीको पैसाबाट उत्पादन मुखी र आयआर्जनतर्फ लगानी गर्नुपर्ने बताए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com