महिला उद्यमीहरूद्वारा पाँच हजार खसीबोका काठमाडौं पठाउँदै

जीएम यादव
बाके, असोज १३
हिन्दुहरूको महान पर्व वडादशैँलाई लक्षित गर्दै बाँके बर्दियाका महिलाहरूले पाँच हजार बढी खसीबोका राजधानी पठाउने भएका छन् । दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव सृजना गरी भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौँ र अन्य सहरमा पठाउने भएका हुन् । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहिणी महिलाहरूले व्यावसायिक बाख्रापालनबाट उत्पादन भएका खसीबोका व्यावसायिकरूपमा काठमाडौँ तथा अन्य सहर पठाउन थालिएको बताएका छन् । दशैँ र तिहारलाई लक्षित गरी विभिन्न सहकारीमा आबद्ध महिलाले पाँच हजार खसीबोका काठमाडौँलगायतका अन्य सहरमा पठाउन लागेको सामाजिक उद्यमी महिला सहकारी जिल्ला संघ बाँकेकी अध्यक्ष गंगा चन्द ठकुरीले जानकारी दिइन् ।

केही व्यवसायीले बजारमा कृत्रिम अभावको अवस्था सृजना गरेर भारतीय खसीबोका भित्र्याउने चलखेल गरेको भन्दै अध्यक्ष ठकुरीले भनिन, ‘अहिले बजारमा खसीबोका छैनन् भनेर कृत्रिम अभाव देखाउने र चर्को मूल्यमा भारतबाट ल्याइएका खसीबोका बेच्ने दाउमा केही व्यापारी हुन्छन् । अहिले पनि हामीसँग पाँच सयभन्दा बढी खसीबोका ‘हाम्रो ढकेरी बिक्री कक्ष’मा छन् । हामी पाँच हजार खसीबोका बिक्री गर्दैछौँ ।’

उनले उद्यमी महिलाले स्थापना गरेको सहकारीमा आबद्ध बाँकेका १५ वटा र बर्दियाका चारवटा सहकारीका सात हजार बढी सदस्य महिलाले उत्पादन गरेका चार हजार खसीबोका काठमाडौँ र एक हजार नेपालगन्ज, बुटवल, तुलसीपुरलगायतका सहरमा पठाउन लागिएको जानकारी दिइन् । उनले राज्यले व्यवसायमुखी वातावरण बनाउन सके बाँके र बर्दियाका महिलाले उत्पादन गरेका खसीबोका पठाएर काठमाडौँमा खसीबोका अभाव कम गर्न पहल गर्ने बताइन् ।

उद्यमी महिलाले उत्पादन गरेका खसीबोका स्थानीय महिला उद्यमी सहकारीले खरिद गरेर सहकारी जिल्ला संघमार्फत काठमाडौँलगायतका सहरमा पठाउने गरेका छन् । उनले पछिल्लो समयमा भारतबाट अवैधरूपमा भित्रिने खसीबोकाका कारण आफूहरूले गरेको उत्पादनले बजार नपाउने अवस्था हाल केही सुधार भए पनि प्रहरी प्रशासनले कागज हुँदाहुँदै पनि अनावश्यक दुःख दिनेगरेको गुनासो गरिन् । उनले जिउँदो खसी प्रतिकिलो चार सय ५० रूपैयाँदेखि पाँच सय १५ रूपैयाँका दरले खरिद गर्दै आएको र पाँच सय रूपैयाँदेखि पाँच सय ५० रूपैयाँसम्ममा बिक्री गर्ने गरेको बताइन् ।

दशैँलाई लक्षित गरी किसानको घरघरबाट संकलन गरिएका पाँच सयभन्दा बढी खसीबोका संघको बिक्रीकेन्द्र ढकेरीमा राखिएको सामाजिक उद्यमी महिला सहकारी जिल्ला संघ बाँकेले जनाएको छ । संघका अनुसार घटस्थापनासम्म दुई हजार बढी खसीबोका बिक्रीकेन्द्रमा जम्मा गरिनेछ । सामाजिक उद्यमी महिला सहकारी जिल्ला संघ बाँकेकी अध्यक्ष ठकुरीले सरकारले गत फागुन ३ गतेदेखि नेपालमा भारतीय खसीबोकाको आयातमा कडाइ गरेपछि नेपाली कृषकहरूलाई राहत भएको बताइन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com