किर्ते गरी बैंकबाट दुई करोड झिक्ने कर्मचारी पक्राउ

 

जनकपुरधाम, असोज १४
किर्ते हस्ताक्षर गरी बैंकबाट करिब दुई करोड रूपैयाँ झिकेर फरार भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का कर्मचारी पक्राउ परेका छन् । परिषद्को प्रदेश २ अन्तर्गत सञ्चालित वीपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्युट लक्ष्मीनिया–४, सपही धनुषाको कार्यालयबाट चेक चोरी किर्ते हस्ताक्षरबाट रकम झिकेको आरोपमा प्रविनकुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । महोत्तरीको महोत्तरी गाउँपालिका–३ का ठाकुर करारमा सहायक ल्याब प्रशिक्षक पदमा कार्यरत थिए । विभिन्न मितिमा कार्यालयको चेक चोरेर सीटीईभीटी प्रदेश कार्यालयका लेखापाल ब्रह्मदेव ठाकुर र इन्स्टिच्युटका लेखापाल सन्तोषकुमार यादवको सही किर्ते गरी छुट्टाछुट्टै व्यक्तिको नाममा चेक काटेर विभिन्न बैंकबाट पैसा झिकेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com