कोशी अस्पतालमा निजी क्लिनिकका विचौलिया सक्रिय

बिराटनगर, असोज १४
गाउँ गाउँबाट उपचार गर्न विराटनगरको कोशी अस्पताल आउने बिरामीलाई निजी क्लिनिक सञ्चालकहरूले ललाइफकाई आफ्नो क्लिनिकमा लाने गरेको पाइएको छ । निजी क्षेत्रबाट सञ्चालित क्लिनिकले राखेका दलालले कोशी अञ्चल अस्पतालभित्रका बिरामीलाई अस्पतालमा उपचार राम्रो नभएको भन्दै अनेक प्रलोभनमा पारेर क्लिनिकमा लानेगरेका छन् ।

सेवा लिन आएका बिरामीलाई निजी अस्पताल र क्लिनिकका दलालले फकाएर लानेगरेका कारण आर्थिकरूपमा कमजोर रहेको कोशी अञ्चल अस्पताललाई थप आर्थिक भार थपिन थालेको छ । कोशी अस्पतालको तुलनामा बाहिर बढी शुल्क लाग्ने भए पनि दलालले बिरामीलाई सस्तो रहेको भन्दै फकाउने गरेका छन् । प्रदेश १ को सबैभन्दा ठूलो संघीय सरकारबाट सञ्चालित एक मात्र सरकारी अस्पताल कोशीमा बिरामी खोज्ने दलालको बिगबिगी रहेको छ । 

अस्पताल परिसरभित्र र बाहिर एक दर्जनभन्दा बढी बिरामी खोज्ने व्यक्तिहरू सक्रिय देखिन थालेपछि अहिले कोशी अस्पताल नै विवादित बन्न पुगेको छ । अस्पतालको पुर्जी बोकेका बिरामीलाई अनावश्यक सोधखोज गर्दै रिपोर्ट र पुर्जी पढेजस्तो गर्दै बिरामीलाई निजी क्लिनिकतर्फ लैजाने दलालाहरू अस्पतालमा सक्रिय बन्दै गएको तथ्य समेत खुल्न पुगेको छ । 

कोशी अस्पतालको बहिरङ्ग सेवाको पुर्जी काटेपछि लाइनमा बसेका ज्येष्ठ नागरिकलाई एक व्यक्तिले आफू पनि विराटनगरको स्थानीय बासिन्दा भएको बताउँदै सरकारी अस्पतालको लाग्ने खर्चमै बाहिर उपचार हुने र एकै दिनमा उपचार गर्न सकिने आश्वासन दिँदै बिरामी निजी क्लिनिकमा लैजाने गरेको रहस्य खुलेको छ । दलालले चिकित्सकको भाषामा बिरामीलाई यहाँ दुई हजारको औषधि लेखिदिन्छ, बाहिर त्यत्ति नै खर्चमा सबै उपचार हुन्छ भन्दै बिरामी अस्पतालबाट बाहिर लाने गरेको पीडित बिरामीको भनाइ सार्वजनिक भएसँगै कोशी अस्पतालमा दलालको बिगबिगी रहेको तथ्य खुल्न पुगेको हो । 

अस्पतालमा दैनिक एउटै व्यक्ति बिरामी फकाउन आउने गरेको अस्पताल प्रशासनदेखि त्यहाँका सुरक्षागार्डलाई पनि थाहा हुन्छ । समाचारस्रोतका अनुसार बिरामी फकाउने दलालसँग अस्पतालकै कर्मचारी र सुरक्षाकर्मी मिलेको दाबी स्रोतले गरेको छ । एक निजी क्लिनिक सञ्चालकले दिएको जानकारीअनुसार, कतिपय बिरामीलाई अस्पतालकै स्वास्थ्यकर्मीले बाहिरका निजी अस्पतालमा पठाउने गरेको तथ्य पनि खुलेको छ ।

निजी क्लिनिक सञ्चालकहरूले रिक्सा र इ–रिक्सा सञ्चालकलाई पनि बिरामी खोज्न परिचालन गर्ने गरेको कुरा थाहा भएको छ । बिरामी बसबाट ओर्लिएर क्लिनिकमा पु-याएबापत एक हजार रूपैयाँ दिने गरिएको दाबी समाचारस्रोतले गरेको छ । त्यसबाहेक बिरामी खोज्न क्लिनिकहरूले परिचालन गरेका व्यक्ति सडकमा घुमेर बिरामीलाई फकाउने काममा पनि सक्रिय हुनथालेपछि घटना सार्वजनिक भएको छ । 

अर्कोतिर अनुगमनको जिम्मा लिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले बिरामीलाई ठगी गर्ने क्लिनिकहरूका विषयमा सूचना आउने गरे पनि संघ, प्रदेश र स्थानीय सरकारमध्ये जिम्मेवारी बाँडफाँड भइनसकेकाले कारबाहीमा जान असहज भएको बताउँदै जिम्मेवारीबाट पन्छिने आफ्नो प्रतिक्रिया दिएको छ । विराटनगर बजारमा सञ्चालित ल्याब र औषधि पसलको अनुमतिपत्र नभए पनि राजस्व र नगरपालिकाको मात्रै प्रमाणपत्र लिएर कतिपय निजी क्लिनिकहरू सञ्चालनमा रहेको कुरा थाहा भएको छ ।

 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com