तीन सय ६१ गरिब परिवारलाई सोलार वितरण

 

खोटाङ, असोज १४
खोटाङको बराहपोखरी गाँउपालिकाले आर्थिक अवस्था कमजोर भएका घरपरिवारलाई वैकल्पिक उर्जाको लागि सोलार वितरण गरेको छ । नेपाल सरकार ऊर्जा मन्त्रालय वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा गाँउपालिकाले पालिकाअन्तरगतका तीन सय ६१ गरिब तथा विपन्न घरधुरीलाई निःशुल्क सोलार वितरण गरेको हो । गरिब उज्यालो बस्ती कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र रहेका गरिब तथा विपन्न घरपरिवारलाई लक्षित गरेर निःशुल्क सोलार बत्ती वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए । २० वाट क्षमताको सोलार प्यानलबाट चारवटा सीएफएल बल्ब बाल्न सकिने गाउँपालिकाले जनाएको छ । आर्थिक रुपले विपन्न घरपरिवारलाई लक्षित गरेर छवटै वडामा सोलार बत्ती वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com