होटल, क्यासिनो तथा रेष्टुरेन्ट श्रमिकद्वारा आन्दोलन घोषणा

 

काठमाडौं, असोज १४
होटल, क्यासिनो तथा रेष्टुरेन्ट श्रमिकहरुले दश प्रतिशत सेवाशुल्क, श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग गर्दै आन्दोलनको चेतावनी दिएका छन् । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदूर यूनियन(नेस्वहोमयू) ले काठमाडौंमा पत्रकार सम्मेलन गरी २१ दिने अल्टिमेटमसहित आन्दोलनको चेतावनी दिएको हो ।

नेस्वहोमयूका अध्यक्ष सूर्यबहादुर कुँवरले श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना तत्काल लागू गराउन सरकार र व्यवस्थापकको ध्यानाकर्षण गराए । उनले भने, ‘होटल, क्यासिनो तथा रेष्टुरेन्ट क्षेत्रका श्रमिकको माग आजको मितिले २१ दिनभित्र पूरा नभएमा हामी सम्पूर्ण होटल, क्यासिनो तथा रेष्टुरेन्ट क्षेत्र ठप्प पार्ने चेतावनी दिन चाहन्छौं ।

नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा पर्यटन क्षेत्र विशेषत होटल, क्यासिनो तथा रेष्टुरेन्ट क्षेत्रमा कुनै पनि किसिमको अवरोध भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने अवगत समेत गराउन चाहन्छौं ।’ भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा होटल श्रमिकका आन्दोलनका कारण पर्नजाने असुविधाको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने पनि नेस्वहोमयूले जनाएको छ । कतिपय होटल तथा रेष्टुरेन्टहरुमा न्यूनतम ७ हजार/८ हजारमा काम गर्न श्रमिकहरु बाध्य बनिरहेको भन्दै संगठनले ती र त्यस्ता होटल, रेष्टुरेन्टमा कमसेकम न्यूनत्तम पारिश्रमिक लागू गराउन पनि माग गरेको छ ।

नेस्वहोमयूका महासचिव लक्ष्मण तिवारीले भने, ‘अहिलेको जल्दोबल्दो विषय भनेको होटल, रेष्टुरेन्ट क्षेत्रमा श्रमिकले कानुनीरुपमा पाउनुपर्ने १० प्रतिशत सेवाशुल्क सबै स्थानहरुमा पाइरहेका छैनन् । क्यासिनो क्षेत्रमा पनि मापदण्ड बनाएर १० प्रतिशत सेवाशुल्क तत्काल लागू गराइयोस् भन्ने हाम्रो माग हो ।’ नेस्वहोमयूले कानूनीरुपमा श्रमिकले पाउनुपर्ने सबै सेवासुविधा तत्काल दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ । बन्द भएका क्यासिनोहरु तत्काल सुचारु गराउन र ती क्यासिनोमा पूर्ववतरुपमा कार्यरत सबै श्रमिकहरुको बाँकी बक्यौता तत्काल भुक्तानी गर्न पनि संगठनले माग गरेको छ ।

मनोरन्जन तथा सेवा प्रदायक क्षेत्र डान्स, दोहोरी, मसाज, स्पा, क्याबिन रेष्टुरेण्ट, खाजाघरमा कार्यरत श्रमिकहरु बिशेष गरी महिला श्रमिकहरुको हक, हित र अधिकार सुनिश्चितताका त्यस क्षेत्रमा तत्काल श्रम ऐन लागू गराइ श्रमिकहरुलाई सूचिकृत गराउन पनि उसले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष–२०२० सफल पार्न पर्यटन क्षेत्रका श्रमिकहरुको प्रतिनिधित्व हुने गरी व्यवस्थापन गर्न पनि संगठनले सरकारको ध्यानाकर्षण गराएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com