‘अमेरिका–चीन लगानी सम्बन्ध बिग्रिए विश्व अर्थतन्त्रलाई चोट’

 

बेइजिङ, असोज १४
चीनले अमेरिकाले आफूसँग भएको लगानी सम्बन्ध बिगार्ने काम गर्ने प्रयास गरिरहेको भन्दै त्यसले विश्व अर्थतन्त्रलाई नै नकारात्मक असर गर्ने चेतावनी दिएको छ । अमेरिकाले चिनियाँ कम्पनीलाई स्टकको सूचीकरणबाट हटाउने तयारी गरेको समाचार बाहिरिएसँगै चीनले उक्त चेतावनी सार्वजनिक गरेको हो । चिनियाँ विदेश मन्त्रालयले वासिङटनलाई व्यापारिक तनाव कम गर्नतिर लाग्न आग्रह समेत गरेको छ । अमेरिकाको वाणिज्य विभागले चिनियाँ कम्पनीलाई सूचीकरणबाट हटाउने चेतावनी दिएको दुई दिनपछि चिनियाँ विदेश मन्त्रालयले पनि चेतावनी दिएको हो ।

 

सुरुमा अमेरिकाले चिनियाँ कम्पनीलाई सूचीकरणबाट हटाउनलागेको समाचार ब्लुमबर्गले सार्वजनिक गरेको थियो । सो समाचारसँगै सेयरबजार खस्किएको थियो । समाचारमा अमेरिकाले चीनसँगको लगानीसम्बन्धी सहकार्यमा कडाइ गर्ने उल्लेख थियो । कतिपय अवस्थामा लगानीमाथि नै प्रतिबन्ध लगाउनेसम्मको तयारी अमेरिकाले गरेको रिपोर्टहरु मिडियामा आएका थिए । अमेरिकाको यस्तो तयारीले दुवै देशलाई हानि गर्ने र विश्व अर्थतन्त्र समेत यसबाट नउम्किने चेतावनी चीनले दिएको छ ।

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com