बंगलादेशमा प्याजको मूल्य एकै दिन ७१ प्रतिशतले वृद्धि

ढाका, असोज १४
बंगलादेशमा प्याजको मूल्य आकाशिएको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार धेरै वर्षपछि एकै दिन उच्च दरमा प्याजको भाउ आकाशिएको हो । खुद्रा बजारमा प्याज प्रतिकिलो ७१ प्रतिशतका दरले मूल्यवृद्धि भएको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि बंगलादेश, नेपालसहितका अन्य छिमेकी मुलुकमा समेत प्याज छोइ नसक्नु भएको छ । ढाकामा प्याज सोमबार प्रतिकिलो ११० टाकादेखि १ सय २० टाकासम्ममा किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४० देखि ५० टाकासम्मको वृद्धिदर हो ।

बंगलादेशी राजधानीका अधिकांश बजारमा यही भाउमा प्याज किनबेच भएको बंगलादेशी अनलाइन द डेली स्टारले जनाएको छ । स्थानीयबाटै उत्पादित प्याज समेत १ सय १५ टाकामा उपभोक्ताले खयिरद गरेका छन् । जुन अघिल्लो दिन ७० टाकामात्रै थियो । ढाकामा किराना पसल गर्दै आएका सुल्तान इस्लामका अनुसार स्थानीय प्याज आफूहरुले नै ९० देखि ९५ टाका प्रतिकिलो दरमा किन्नुपरेको छ ।

अहिलेको प्याजको भाउ धेरै वर्षयताकै उच्च भएको उनले बताए । एक्कासि प्याजको भाउ महंगिएपछि उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन् । सन् २०१३ को डिसेम्बर ७ मा पनि प्याजको भाउ १ सय ४० टाका प्रतिकिलोसम्म पुगेको थियो । आयातमा कमी आउनथालेपछि माग धान्ने आपूर्ति नहुँदा प्याजको भाउ आकाशिनपुगेको हो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com