विश्वभरबाट ३ सय ५० भन्दा बढी स्टोर बन्द गर्दै ‘फरेभर २१’

 

अमेरिका, असोज १४
अमेरिकी फेसन रिटेलर कम्पनी फरेभर २१ ले अमेरिकामा बैंकको ऋणबाट जोगिन आवश्यक कदम चालेको छ । कम्पनीले ‘च्याप्टर ११ ब्यांक्रप्सी प्रोटेक्सन’का लागि निवेदन दर्ता गराएको हो । कम्पनीले अनलाइन कम्पनीसँगको प्रतिस्पर्धा सहन नसकेपछि एसिया र युरोपमा आफ्ना अन्तर्राष्ट्रिय स्टोरहरु समेत बन्द गर्ने योजना बनाएको छ । तर उसले मेक्सिको र ल्याटिन अमेरिकामा भने अपरेसन जारी राख्ने जनाएको छ ।

 

कम्पनीले विश्वभरबाट ३ सय ५० भन्दा बढी स्टोरहरु बन्द गर्ने कम्पनीका प्रवक्ताले बताएका छन् । बीबीसीका अनुसार तीमध्ये १ सय ७८ वटा अमेरिकाकै स्टोरहरु पनि बन्द हुनेछन् । फरेभर २१ ले सस्ता, बजारमा चलेका कपडा र सामग्रीहरु बिक्री गर्छ भने जारा र एचएण्डएम जस्ता चर्चित ब्रान्डहरुसँग पनि प्रतिस्पर्धा गर्छ । सन् १९८४ मा स्थापना भएको कम्पनीले विगत पाँच वर्षयता बजारमा साख गुमाउँदै गएको विश्लेषकहरुले बताएका छन् ।

 

कम्पनीजस्तै सस्तोमा सामग्री बेच्ने अन्य कम्पनी उल्लेख्य रुपमा आएपछि त्यसको मार यो कम्पनीलाई परेको छ । ‘च्याप्टर ११ प्रोटेक्सन’ले अमेरिकी कम्पनीलाई लिएको ऋण तिर्ने म्याद लम्ब्याउने अधिकार दिन्छ भने ऋण तिर्नका लागि सरसामान बेच्नसक्नेसम्मको अधिकार दिन्छ । सोही कारण फरेभरले पनि उक्त निवेदन दर्ता गरेको हो । पछिल्लो प्रक्रियाबाट कम्पनीले ४ सय ५० देखि ५ सयसम्म विश्वभर स्टोर रहने अनुमान गरेको छ । जुन पहिलेभन्दा कम हो । हाल कम्पनीको आठ सय स्टोर रहेका छन् । कम्पनीले यसअघि नै जापानबाट अक्टोबरसम्ममा व्यवसाय नै बन्द गर्ने जनाइसकेको छ ।

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com