पाकिस्तानले करतारपुर करिडोर उद्घाटनमा भारतीय पूर्वप्रधानमन्त्री बोलाउने

 

कराची, असोज १४
पाकिस्तानका विदेशमन्त्री शाह महमुद क्युरेशीले सोमबार पाकिस्तानले भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई करतारपुर करिडोर उद्घाटन कार्यक्रममा बोलाउने निर्णय गरेको बताएका छन् । आगामी नोभेम्बरमा उक्त करिडोरको उद्घाटन हुने तय भएको छ । भारतीय कंग्रेसका नेतासमेत रहेका सिंह शिख समुदायका प्रतिनिधि समेत भएकाले उक्त करिडोरमा उनलाई बोलाउने निर्णय गरिएको क्युरेशीले बताए ।

‘करतारपुर करिडोर महत्वपूर्ण परियोजना हो, प्रधानमन्त्रीको यसमा आफ्नै चाहना पनि छ’, क्युरेशीले भिडियो सन्देशमा भने, ‘सिंहलाई बोलाउने निर्णय पाकिस्तानले गरेको छ, सम्मानित र शिख समुदायका प्रतिनिधिका रुपमा उनले सहभागिता जनाउने आशा गरेका छौं ।’

उनले सरकारको तर्फबत्राट र पाकिस्तानी विदेशमन्त्रीको रुपमा आफूले करतारपुर करिडोर उद्घाटन कार्यक्रममा भारतका पूर्वप्रधानमन्त्री सिंहलाई निमन्त्रणा गरेको उनले बताएका छन् । यसबाहेक सरकारले औपचारिक पत्र नै लेखेर सिंहलाई निमन्त्रणा गर्ने तयारी गरेको पाकिस्तानी मिडियाले जनाएका छन् । विदेशमन्त्री क्युरेशीले अन्य शिख यात्रीहरुलाई पनि कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन् । शिख धर्मगुरु नानकको ५ सय ५०औँ जन्मजयन्तीमा सहभागी हुन उनले आग्रह गरेका छन् ।

यही महिनाको सुरुतिर पाकिस्तानी प्रोजेक्ट डाइरेक्टर अतिफ माजिदले भारतबाट पाकिस्तानको करतारपुर प्रवेशमा भिसा नचाहिने बताएका थिए । त्यस्तै पाकिस्तानले करतारपुर करिडोरबाट प्रतिदिन ५ हजार शिख धर्मावलम्बीलाई भारतबाट पाकिस्तानको नारोवालमा रहेको गुरुद्वारा दरबार शाहिबमा घुम्न अनुमति दिएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com