खोटाङका सडक अबरुद्द हुँदा चाडपर्बमा आवतजावत गर्ने यात्रुलाई सास्ती

खेमराज अधिकारी
खोटाङ असोज १५
अविरल वर्षाले क्षति पुर्याएपछि खोटाङका सबै ग्रामिण तथा मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याँङ–दिक्तेल सडक अवरुद्ध भएका छन । नजिकिदै गरेको दशै तथा तिहारको मुखैमा सडक अबरुद्द हुँदा दशैँ/तिहार मान्न घर आवत–जावत गर्ने स्थानीयवासीलाई सास्ती भएको छ । हप्ता दिनदेखि लगातार परिरहेको वर्षाका कारण जिल्लाका कुनै पनि ग्रामिण सडकमा अहिले सवारी साधन चल्न सकेको छैन ।

करिब हप्ता दिनदेखिको वर्षाका कारण दिक्तेल–बाक्सिला, दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–मात्तिम–पञ्चमी, दिक्तेल–रेग्मीटार–रसुवा सडक पूर्ण अवरुद्ध बनेको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङले बताए । ‘जिल्लाका सबै ग्रामिण सडक कच्ची अवस्थामा छ’, उनले भने, ‘वर्षाका कारण ग्रामिण सडक अवरुद्ध हुँदा सबैभन्दा बढी दशैँ तिहार मनाउन घर आवत–जावत गर्ने स्थानीयवासीलाई सास्ती भएको छ ।’

कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ – निर्मलीडाँडा– दिक्तेल–सडक खण्ड पनि अहिले अवरुद्ध छ । जिल्ला प्रशासन कार्यालय खोटाङले दशै तिहारमा आवतजावत गर्ने यात्रुलाई मध्यनजर गर्दै यो सडकलाई चालु अवस्थामा राख्न संबन्धित निर्माण कम्पनीलाई निर्देशन दिएपनि अबरुद्द सडक खुलाउन ठेकेदारले कुनै चासो देखाएको छैन । चाडपर्बका समयमा शहरबाट घर आउने र फर्कने यात्रुको सुविधालाई ध्यानमा राखेर प्रशासनले मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–दिक्तेल र दिक्तेल–जयराम सडकलाई चालु अवस्थामा राख्न सम्वन्धित निर्माण व्यवसायीलाई आग्रह गरेको थियो ।

गत बिहिबार जिल्ला प्रशासन कार्यालयमा बोलाइएको बैठकमा प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययले निर्माण व्यवसायीलाई सडक मर्मत गरेर चुस्तदुरुस्त अवस्थामा राख्न निर्माणाधिन मध्यपहाडी लोकमार्गको चखेवाञ्ज्याङ–दिक्तेल खण्डमा काम गरिरहेका रमण गोल्डेन गुड जेभी र भारत मैनाचुली सिद्धिसाई जेभीका प्रतिनिधिलाई निर्देशन दिएका थिए । उक्त बैठकमा निर्माण कम्पनिका प्रतिनिधिले सडकलाई चालु अवस्थामा राख्ने प्रतिवद्धता जनाएपनि मध्यपहाडी सडकको कतिपय स्थानमा जमेको पानी र हिलोले घण्टौसम्म सवारी साधन फस्ने गरेका छन । अबरुद्द सडक नखुल्दा दशैँ तिहार मनाउन आवतजावत गर्ने स्थानीयवासी घण्टौँ पैदल यात्रा गर्न बाध्य भएका छन् ।

अहिले दिक्तेल–काठमाडौँ र दिक्तेल–इटहरी सडकमा मात्र सवारी साधन सञ्चालन भइरहेको बिभिन्न यातायात व्यवसायीले बताएका छन् । जिल्लामा सञ्चालित यातायात सेवा अवरुद्ध हुदा जिल्लामा दैनिक उपभोग्य वस्तुको अभाव हुने सम्भावना देखिएको छ । तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडक समेत अवरुद्ध भएकाले दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या भएको छ ।

सडक मर्मत गर्न आफैँ जुटे धितुङवासी : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका स्थानीयले श्रमदान जुटाएर आफैँ सडक मर्मतको काम सुरु गरेका छन् । स–साना विकासनिर्माणका काममा पनि सरकारकै मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला धितुङका स्थानीयले अवरुद्ध धितुङ भञ्ज्याङ–कात्तिके–डिहीडाँडा–विजयखर्क सडक खुलाउन श्रमदान गरेका हुन् ।

आफैँले गर्न सकिने विकासनिर्माणका स–साना काममा पनि बजेट खोज्ने प्रवृत्तिको अन्त्य गर्न स्थानीयहरू स्वस्फूर्त सडक मर्मतमा जुटेको वडा सदस्य खेमराज कार्कीले बताए । हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीलाई जोड्ने लक्ष्यकासाथ गरिबी निवारण कोषको आर्थिक सहयोगमा २०७४ सालमा निर्माण गरिएको सडक वर्षाका कारण ठाउँ–ठाउँमा भत्किएर अवरुद्ध बनेपछि मर्मत सुरु गरिएको हो । खोल्साखाल्सीमा भत्किएको सडकमा तारजालीसहितको पर्खाल हालिएको छ । ग्याविन वाल हालेपछि नगरपालिकाको जेसीभी लगाएर सडक सफा गर्ने तयारी गरिएको छ । अवरुद्ध सडक मर्मतका लागि दैनिक ६५ देखि ७० जना स्थानीयले श्रमदान गरेका छन् ।

सडक मर्मतकाक्रममा स्थानीयले एक लाखभन्दा बढीको श्रमदान गरेका छन् । दशैँ तिहारलाई लक्षित गरेर स्थानीयले श्रमदानबाट सडक मर्मत सुरु गरेका हुन् । यस्तै जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका६ नेर्पा रामपुरका स्थानीयले पनि करिब सात सय मिटर गोरेटो बाटो मर्मत गरेकाछन् । दशैँ तिहारलगायतका चाडपर्वमा आवतजावत गर्ने पाहुनालाई लक्षित गर्दै बाटो मर्मत गरिएको स्थानीयले बताएका छन् ।स्थानीय आधारक्षेत्र टोल विकास संस्थाको अगुवाइ तथा संस्थामा आबद्ध २४ घरका स्थानीयले दुई/दुई दिन श्रमदान गरी वाटो मर्मत गरेको आधारक्षेत्र टोल विकास संस्थाले जानकारी दिएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com