‘युनाइटेड सिमेन्ट्सको उपहार सररर कार’ योजनाको लक्की ड्र सम्पन्न

काठमाडौं, असोज १५
युनाइटेड सिमेन्ट्स प्रालिको ग्राहक योजना ‘युनाइटेड सिमेन्ट्सको उपहार सररर कार’अन्तर्गतको लक्की ड्र कार्यक्रम मंगलबार दिउँसो काठमाडौँ त्रिपुरेश्वरको डीईसीसी हलमा हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरी सम्पन्न भएको छ । गत वैशाखदेखि मध्यअसारसम्म लागू गरिएको ग्राहक योजनाअनुसार पाँच जोडीलाई (दश जना) दुवई भ्रमण तथा एक जनालाई बम्पर उपहारस्वरुप हुन्डाइ सान्ट्रो कार उपहार लक्की ड्रबाट छनोट गरिने उद्योगको योजनाअनुसार कार्यक्रम सम्पन्न भएको हो । यसअनुसार कुपन नं. १५७८७ कार विजेता बन्न सफल भएको छ ।

त्यस्तै कुपन नं. २०२४९, २२९४३, २३१८३, २३७१८, ५२११९ दुवई भ्रमणको उपहार विजेता बनेका छन् । यो उपहार विजेताले कुपनको अर्धकट्टी तथा आफ्नो परिचय पत्रसहित २०७६ कात्तिक ३० गतेभित्र युनाइटेड सिमेन्ट्सको कार्यालयमा सम्पर्क गरी उपहार दाबी गरिसक्नुपर्ने उद्योगले जनाएको छ । कार्यक्रममा युनाइटेड सिमेन्टस्का प्रबन्धनिर्देशक विकास दुगडले सबै विजेतालाई हार्दिक बधाई ज्ञापन गर्दै यस्तो किसिमको उत्साहवद्र्धक ग्राहक योजना भविष्यमा पनि युनाइटेड सिमेन्ट्सले ग्राहकमाझ पस्किने प्रतिबद्धता जनाए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com