दशैं चाडवाड र बढ्दो महँगी

विश्वनाथ खरेल
नेपालीहरुको ठूलठूला चाडपर्वहरु भन्नाले दशैँ, तिहार, छठ, धान्य पूर्णिमा, तमू ल्होछार, माघी आदि हुन् । यसमध्ये महान पर्व वडादशैँ पनि एक हो । यो आफैँमा महान् पर्व पनि हो, यो पर्वलाई मासु खाने पर्वको रुपमा समेत लिने गरिन्छ र अन्य पर्वमा भन्दा धेरै बिदा हुने र आफन्तहरुसँग रमाइलो गर्दै मासुका परिकार धेरै खाने प्रचलन विगतदेखि रहिआएको छ । दशैँ व्यापारिक हिसाबले पनि निकै फुर्तिलो पर्व हो । स्वभावत यो पर्वमा मासुको व्यापार अत्यधिक मात्रामा हुने गर्छ । यस पर्वमा बर्सेनी पशुबलिविरुद्धका आवाजहरु पनि उठ्ने गरेको कुरा अखबारहरुमा एकातिर आएका छन् भने अर्कोतिर देशभरि नै पशुपन्छीको बलि अत्यधिक मात्रामा हुँदै आएको पनि देखिन्छ ।

परम्परागतरुपमा रहेको धार्मिक तथा सांस्कृतिक मान्यता यो पर्वसँगै जोडिएको हुँदा पशुपन्छीको खपत बढी हुनेगरेको हो । यस पर्व मनाउनको लागि राजधानीबाट ३०/३५ लाख मानिसहरु विभिन्न जिल्लाहरु गएको अनुमान गर्न सकिन्छ । यसरी मुलुकमा महान पर्वहरु विस्तारै बाहिरिने र भित्रिने क्रममा रहेको छ । यसरी महान चाडपर्वका बेला अतिरिक्त उपभोग गर्ने चिनी, दूध, ध्यूजस्ता पदार्थको मूल्य पनि मानिसको काबुभन्दा बाहिर गएको छ । केही दिनअधि मात्र यस्ता पर्वहरुमा अत्यधिक प्रयोग हुने मासुको मूल्यमा वृद्धि भएको छ । त्यसको साथसाथै दूधजन्य पदार्थ ध्यू, दही, पनिर, मक्खनमा मूल्यवृद्धि भइसकेको छ ।

त्यस्तै गरी चिनीको मोल ८०–१०० रुपैयाँ पुगेको छ । चाडपर्वको सँगसँगै मानिसले अधिक उपयोग गर्न रुचाउने मासु पनि एक हो । अहिले गत वर्ष खसीको मासु प्रतिकिलो नौ सय थियो भने यसपालि चार सय रुपैयाँ वृद्धि भइ एक हजार तीन सय पुगेको अवस्था छ । दशैँमा आर्थिक अवस्था कमजोर हुने परिवारले समेत ऋण गरेर खसीबोकाको मासु किन्छन् । सामान्य आर्थिक अवस्था भएकाले घरमै खसीबोकाको बलि दिएर मासु खान्छन् । दशैँमा मूल्य बढी हुने भए पनि अहिलेजस्तो चर्को मूल्य कहिल्यै नभएको खसी किन्ने उपभोक्ताहरु बताउँछन् ।

यस्तै गरी गत वर्षमा राजधानीमा मात्रै दशैँको अवसरमा ४० हजारको हाराहारीमा खसीबोकाको किनबेच भएको थियो भने यसपालिको दर्शैँको लागि ५० हजारको हाराहारीमा खसीबोकाको माग काठमाडौँ उपत्यकालाई रहेको सम्बन्धित क्षेत्रका विशेषज्ञहरुको भनाइ रहेको पाइन्छ । दशैँको सप्तमीदेखि टीकासम्म सामान्य समयभन्दा करिब सात गुणा बढी मासु खपत हुनेगरेको छ । दशैँको सप्तमीदेखि टीकासम्म प्रतिव्यक्ति मासु खपत दैनिक दुई सय १२ ग्राम हुन्छ, जबकि अरु बेला यो २८ ग्राममा सीमित हुन्छ । 

दशैँको अवधिमा मात्रै देशमा १२ लाख किलो मासु खपत हुने सम्बन्धित क्षेत्रको दाबी रहेको छ । यसमा दैनिक ६० हजार खसीबोका र दुई सय ५० राँगा काटिने अनुमान गरिएको छ । यसमा सरकारी स्वामित्वको खाद्य संस्थानले तीन हजार चार सय खसीबोका सहुलियतमा बिक्री गर्ने योजना बनाएको छ । नेपालमा प्रतिदिन एक अमेरिकी डलरभन्दा कम आम्दानी गर्नेहरुको संख्या धेरै ठूलो रहेको छ । मुलुकका कम आम्दानी र बढ्दो मूल्यवृद्धिले उनीहरुको जीवनयापनमा कठिनाइ पैदा भएको छ । यसले गर्दा अब चाडपर्व समेत हुनेखाने, सम्पन्न, धनीमानी, उच्च वर्गका शासक, प्रशासनको मात्र मनोरञ्जन गर्ने अवसरका रुपमा परिणत हुँदैछ । र चाडपर्व विपन्न र गरिब नेपालीहरुको पहुँचभन्दा बाहिरको विषय बन्दै गएको छ ।

राष्ट्र बैंकले प्रकाशमा ल्याएका आर्थिक विवरणले देशमा समग्र मूल्यवृद्धि छ प्रतिशत रहेको खुलासा गरेको छ । तर व्यावहारिकरुपमा भने राष्ट्र बैंकले प्रकाशमा ल्याएको मूल्यवृद्धिको भन्दा कैयन गुणा मूल्य बढेको देखिन्छ । गत वर्ष २०–२५ रुपैयाँमा प्रतिकिलोमा पाइने बन्दाकोभीको मूल्य अहिले ७०–८० रुपैयाँ पुगेको छ । त्यस्तै गरी ६० रुपैयाँ हाराहारीमा पाइने आलु अहिले एक धार्नीको १२५/१५० रुपैयाँको हाराहारीमा पुगेको छ । ५०–६० रुपैयाँ प्रतिकिलोमा पाइने काउली १२०/१६० रुपैयाँमा पुगेको छ ।

गत वर्षको तुलनामा सबै प्रकारका तरकारीमा झण्डै तीनदेखि चार सय प्रतिशतले मूल्यवृद्धि भएको छ । यो क्रम रोकिने सम्भावना समेत देखिदैन् । त्यस्तै गरी खाद्यान्न, तेलहन, दलहनजस्ता वस्तु र त्यसका उत्पादनमा भएको मूल्यवृद्धि नियन्त्रण गर्नका लागि सरकारले थालेको अनुगमन, मूल्यसूची टाँस गर्ने, छापामारबाट पटक्कै प्रभावकारी बन्न सकेको छैन् ।

समग्रमा भन्नुुपर्दा नेपाली घरआँगन वडादशैँको आगमनको प्रतिक्षामा सबैे रहेका छन् । चाडबाडको पहिलो स्वागत बजारले गर्नु स्वाभाविकै हो । तर बजार व्यवस्थापनमा सरकार अझै सचेत नभएको अवस्थाले आम उपभोक्तामा चिन्ता छाएको छ । यो चाडपर्वमा अत्यधिक प्रयोग हुने वस्तु चामल, पिठो, दाल, चिनी, मासु, माछा, फलफूल, तरकारी, ध्यू र तेल आकासिएको छ । यदि उपभोक्ताहरुलाई प्राप्त हुन सक्यो भने पनि एक केजीमा परेको मोलभन्दा २० रुपैयाँ बढी मूल्य तिर्न उपभोक्ता बाध्य भएका छन् ।

यस्तै गरी अरु थुप्रै वस्तुहरुको महँगीका कारणले गर्दा सामान्य व्यक्तिको लागि महान पर्व दशैँ दशा बन्दैछ, यो कुनै स्वाभाविक प्रक्रियाबाट भएको होइन । कृत्रिमरुपमा महँगी बढाइएको भन्ने केही पहिले सरकारले केही खाद्य भण्डारमा छापामार्दाको अवस्था मैै देखिएको हो । उपभोग्य वस्तुहरुको मूल्य नियन्त्रण गर्ने अधिकार सरकार हो । तर सरकारको नजरमा नजिकै आएको दशैँ दशासिवाय अरु केही हुन नसक्ने अवस्थामा नेपाली जनता रहेको कुरामा कसैको दुईमत नहोला ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com