मासु खाँदा कति फाइदा कति बेफाइदा ?

डा. केदार कार्की
दशैँको मूख्य खान्की नै मासु । तर जान्ने बुझ्नेहरु भन्छन् मासुले स्वास्थ्यमा हानी गर्छ । मासु स्वास्थ्यमैत्री खानेकुरा होइन । मासु रोगको स्रोत हो । मासु त्यसबेला हानिकारक बन्छ, जब सही किसिमको मासु छनौट गर्न सकिँदैन, सही ढंगले भण्डारण गर्न सकिँदैन, सही ढंगले पकाउन जानिँदैन, सही ढंगले खान जानिँदैन । यदि सही ढंगले, सही मात्रामा मासु सेवन गर्ने हो भने त्यसले हानी होइन, फाइदा गर्छ ।

के पाइन्छ मासुमा ? धेरैले मासुलाई प्रोटिनको राम्रो स्रोतको रुपमा बुझ्ने गर्छन् । कतिपय गेडागुडीबाट मासुमा भन्दा पनि प्रोटिन पइने गर्छ तर मासुबाट प्राप्त हुने प्रोटिन गेडागुडीबाट पाइनेमा भन्दा बढी वायोलोजीकल भ्यालु हुन्छ । यसको अर्थ भनेको मासुमा भएको प्रोटिनलाई शरीरले बढी सोस्न र प्रयोग गर्न सक्छ ।

आइरन : मासु आइरनको राम्रो स्रोत हो । सागसब्जी, तरकारी, फलफूलबाट पनि आइरन पाइन्छ तर मासुबाट हेम(आइरन पाइन्छ । जुन आइरनलाई शरीरले वनस्पतिबाट पाइनेभन्दा बढी सोस्न सक्छ । शरीरमा आइरनको कमी भएमा रगतको कमी हुन गई रक्तअल्पताको समस्या निम्तिन्छ ।

भिटामिन–बी–१२ : मासुमा पाइने अर्काे महत्वपूर्ण भिटामिन भनेको भिटामिन–बी–१२ हो । जुन वनस्पतिजन्य खाद्यपदार्थबाट प्राप्त गर्न सकिँदैन । पछिल्लो समय धेरै मानिसमा भिटामिन– बी–१२ को कमी देखिन थालेको छ । यसको कमीले खुट्टा छिटो निदाउने, हात खुट्टा कटकट खाने, चाडै बिर्सने र रगतको कमी हुने, डिप्रेसनलगायतको समस्या निम्तिन सक्छ ।

अन्य पौष्टिक तत्व : मासुबाट फ्याट, भिटामिन बी, ए, के, पोटासियम, फोस्फोरस, जीकं, म्याग्नेसियमलगायतका पौष्टिक तत्व पनि प्राप्त हुन्छ । जुन स्वास्थ्यको लागि अतिआवश्यक छ ।
रातो मासु– रातो मासु भन्नाले नपकाएको अवस्थामा रातो देखिने खसी, राँगा, संँगुर आदिका मासु हुन् । विश्व स्वास्थ्य संगठनका अनुसार रातो मासु क्यान्सर लाग्ने कारणमध्ये एक हो । यसअर्थ पनि रातो मासु स्वास्थ्यको दृष्टिले राम्रो मानिदैन । रातो मासुमा जिंक, आइरन, भिटामिन बी–६, बी–१२, बी–१, बी–२ भने सेतो मासुको तुलनामा बढी हुन्छ । त्यस्तै रातो मासुमा फ्याटको मात्रा पनि बढी हुन्छ । तर, कुखुराको छातीमा भने बढी बोसो हुने गर्छ । सुँगुरको मासुमा बोसोको मात्रा अरु मासुको तुलनामा अत्याधिक हुन्छ ।

तर, यसको बोसो कुखुरा, खसि र राँगाकोजति हानीकारक भने हुँदैन । किनकी यसमा कोलेस्ट्रोल फ्याटको मात्रा कम हुन्छ र अनस्याचुरेटेट फ्याट बढी हुन्छ । जुन स्वास्थ्यको लागि राम्रो हो । सुन्दा अचम्म लाग्छ तर सबै भन्दा पोषिलो प्राकृतिक खाद्यहरु भनि गरिएको एक हजारभन्दा बढी खाद्य अनुसन्धानले सुँगुरको बोसोलाई ८ औं स्वस्थकरको सूचीमा रखेको छ ।

सेतो मासु – त्यस्तै नपकाएको अवस्थामा सेतो देखिने कुखुरा, माछा र हाँसका मासु सेता हुन् । यी दुईमध्ये रातो मासु खानु हुदैन भन्ने भनाई प्रचलनमा छ । तर अहिले रातो मासु कम खाने हुदा सेतो मासुमा पनि विशेष गरि ब्रोइलरको प्रयोग बढी हुने गरेको छ । तर, यस्ता खालका कुखुरामा विभिन्न हर्मोन, एन्टिवायोटिकको अत्याधिक प्रयोग गरिएको हुन्छ । जसले गर्दा सेतो मासुले मानव स्वास्थ्यमा जति फइदा पुर्याउनु पर्थ्यो त्यो नपुग्ने देखिन्छ । त्यसैले घरमै पालेको कुखुराको मासु प्रयोग गर्दा राम्रो हुन्छ । रातो र सेतो आ–आफ्नै फाइदा–वेफाइदा छन् । यदि कसैलाई रातो मासु नखानु भनिएको छ भने (युरिक एसीड, कोलेस्टेरोल, उच्च रक्तचाप, मुटु रोग, बाथ), सेतो मासु खादा पनि त्यतिकै ध्यान दिन जरुरी हुन्छ ।

 

हुन त मासुको नाम सुन्ने बित्तिकै धेरैको –याल चुहिन्छ तर स्वादिष्ट भएपनि स्वास्थ्यका लागि यो हानिकारक नै हुन्छ । यहाँ हामी यसका हानिहरू बताउँछौं । मासु खाने धेरैजसो मानिसहरू चिढिइरहन्छन् र जतिखेर पनि रिसाइरहन्छन् । यिनीहरूको स्वभाव पनि उग्र हुन्छ । मासु खाँदा तपाईंको शरीर र मन दुवै अस्वस्थ रहन्छ ।मांसाहारीहरू शाकाहारीका तुलनामा गम्भीर रोगको बढी शिकार हुन्छन् । यी रोगमा उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर, मृगौला बिग्रने, बाथ र अल्सर पर्छन् ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार, मांसाहारले धूम्रपानजत्तिकै हानि गर्छ । मासु खानेलाई क्यान्सरको खतरा बढी हुन्छ । शाकाहारी स्वस्थ, दीर्घायु, निरोगी र तन्दुरस्त हुन्छ । बर्ड फ्लु र स्वाइन फ्लु जस्ता रोग मासु खानेलाई नै लाग्छ । संसारको एक चौथाइ प्रदूषणको कारण मासु नै हो । मानिसहरूले मासु खान छोड्ने हो भने ७० प्रतिशतसम्म प्रदूषण कम हुन्छ । मासुका लागि हुर्काइने जनावरले अत्यधिक पानी र प्राकृतिक स्रोत उपयोग गरिदिन्छन् ।

मासु खाने मानिसको उमेर पनि छोटो हुन्छ । मासु महंगो पनि छ । यसमा पैसा खर्च गर्नुको साटो अरू कुनै असल काममा लगाउनुस् । मांसाहारीहरू शाकाहारीका तुलनामा डिप्रेसनको शिकार बढी हुन्छन् ।मासु पचाउन धेरै समय लाग्छ । मान्छेको आन्द्रा हिंस्रक जनावरको जस्तो ठूलो हुँदैन त्यसैले मासु पचाउन मुश्किल पर्छ ।धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन ।

मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ ।

यस्ता मासु स्वस्थकर : मासुमा प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानीको मिश्रण रहेको हुन्छ । जसको प्रयोगले शरीरलाई फाइदा पुर्याएको हुन्छ । तर, उसिनेको मासु प्रयोग गर्दा स्वास्थ्यका लागि बढी हितकर हुन्छ । उसिनेको मासु खाँदा अनावश्यक चिल्लो पदार्थबाट बच्न सकिन्छ । मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, कोलेस्ट्रोल बढी भएमा बोसो नभएको मासु प्रयोग गर्दा राम्रो हुन्छ ।

सकभर रातो मासु कम खानुपर्छ । सेतो मासु भने स्वास्थ्यका लागि राम्रो मानिन्छ । तुलनात्मक रूपमा खसी, सुँगुर, राँगाको भन्दा कुखुराको मासु र माछा प्रयोग गर्नु बढी श्रेयष्कर हुन्छ। कतिपय मानिसले मासुमा भएको बोसो अत्यधिक प्रयोग गर्ने गर्छन् । गाउँघरतिर त छुट्टै निकालेर बोसो खाने प्रचलनसमेत छ । तर, स्वास्थ्यका लागि भने सकेसम्म बोसो निकालेर मात्र मासुको प्रयोग गर्नु राम्रो हुन्छ ।

दशैमा तपाईले बध,वली चढाएको पशु पंक्षिवाट प्राप्त हुने मासु सके चाडै पकाउनु होला पकाउन झन्झट लागे डिप फ्रिज वा फ्रिजमा राख्नु होला । पकाएको मासु राम्रो सित छोपेर फ्रिजमा राख्नु होला खाना खाने वेलामा राम्रो सित तताउनु नै वेश हुन्छ । यसो गरिे चाडबाडको वेला खाएको मासुवाट स्वास्थ्यमा असर नगर्ला की  । बढी चिल्लो र पिरो बनाएर मासु खानु हुँदैन । यसरी खाँदा ग्यास्ट्रिक, प्रेसर, बान्ता, अपच, फुड पोइजनलगायत समस्या आउन सक्छ । शरीरका लागि केही मात्रामा राम्रो मानिए पनि धेरै मासुको प्रयोगले भने हानि गर्न सक्छ । त्यसैले दिनमा तीन–चार पिस मात्र मासु प्रयोग गर्नुपर्छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com