वैदेशिक रोजगारमा जाने युवाहरूको मानिसक अवस्था

समुनप्रसाद अधिकारी
मुलुकमा रोजगार नहुँदा युवाहरू धेरै संख्यामा विदेश जाने गरेको मेरो बुझाइ रहेको छ । समाजका युवाको रूपमा रहेर आफ्नो भूमिका निर्वाह गुर्नपर्नेमा स्वयम् विदेश जाने युवाहरू उसको परिवार तथा समुदायलाई एउटा विछोडको पीडा छोडेर जान्छ । जसले समाजमा एक किसिमको नराम्रो असर परेको हुन्छ ।
विदेश जाने युवामा परिवार, समाज छाड्नुपर्ने पीडासँगै कुनै संस्था अर्थात् मेनपावरबाट जाँदा लाग्ने खर्च भनेको आर्थिक समस्याको पाटो हो । मेनपावरबाट जाँदा खर्चाल हुन्छ जसले गर्दा उसमा पैसा कमाउने उद्देश्य राख्नु र त्यो पूरा नभएमा समेत विक्षप्तपन समेत देखा पर्नसक्छ ।

बालबच्चा र आफ्नो परिवार छाड्दा परिवारजन अनि स्वयम् विदेशिने युवामा शारीरिक, मानिसिक लगायतको पीडा हुन्छ जसले गर्दा उसको स्वास्थ्यमा असर पुग्छ । परिवारमा युवाको अभाव र त्यसले उसको परिवारमा पार्ने असरका कारण परिवारजनमा देखिने स्वास्थ्य समस्या अर्को भयावह पक्ष हो । विदेश गएका युवाहरू सबैजना सहज र सरल वातावरणमा काम गर्न पाउँछन् भन्ने निश्चित छैन । सहज वातावरण तथा सहर क्षेत्रमा काम गर्ने युवाहरूलाई केही सहज होला अर्थात् स्वास्थ्यमा धेरै समस्या नआउला तर यदि गाँउमा, जंगलमा, मरुभूमिलगायतको जोखिम क्षेत्रमा काम गर्नुपरेमा ती युवाहरूमा कस्तो स्वास्थ्य समस्या अर्थात् मानिसक समस्या आउला यो अलि कठिन विषय छ ।

यस्तै गरेर मान्छेका लागि निद्रा अत्यन्तै आवश्यक हुन्छ विदेशमा रातिको समयमा काम गर्ने नेपाली युवाहरू प्रशस्त रहेका छन् । रातिको समयमा काम गर्ने युवाहरूमा सहजैरूपमा मानसिक रोगहरू देखा पर्नसक्छ । रातको निद्रामा मस्तिष्कमा हुने रासायनिक प्रतिक्रिया अन्य समय हुन सक्दैन । राति सुत्न नपाएको खण्डमा मानिसहरूमा इनजेनेटिप डिप्रेशन बढेर जान्छ ।

विदेश गएका युवाहरूमा विविध कारणले गर्दा नैरश्यपन, घुलमिल हुन मन नलाग्ने, चिन्ता धेरै गर्नेलगायतका मानसिक समस्या देखापर्छ । ती युवाहरूमा समान्यदेखि साइकोसिस्टलगायतका रोगहरू देखा पर्नेगरेको छ । अर्को कुरा भनेको विदेश गएपछि आफ्नो घर परिवार बच्चाको चिन्ताले गर्दा गलत बाटोमा फस्ने जाँड रक्सी, गाँजा, लागुपदार्थ सेवन फस्न समेत सक्छन् ।

आफ्नो घरपरिवारसँग फोन तथा सामाजिक सञ्जालमार्फत कुराकानी गर्दा समेत तनाब बढ्ने देखिन्छ । कहिले घरको मानिसहरूले रकम पठाइदेऊ भन्दै त कहिले उनीहरूको निराशपनले गर्दा समस्या हुनेगरेको देखिन्छ । यस्तै बाहिर बस्दा अन्य महिला तथा पुरुषसँग हुने सम्बन्धका कारणले गर्दा पनि स्वास्थ्य तथा मानसिक समस्या देखापर्नेहुन्छ । जसले गर्दा नेपाल फर्किने क्रममा लागुपदार्थको कुलत, एचआईभी एड्सजस्ता समस्या बोकेर आउने गरेका छन् । अर्को महत्वपूर्ण कुरा भनेको उनीहरूको भविष्यको सुरक्षाको विषय पनि हो ।

उनीहरू विदेश गएको भनेको पैसा कमाएर आर्थिकरूपमा सम्पन्न बन्न हो । पैसा कमाएर घर बनाउने छोराछोरीलाई राम्रो शिक्षा दिने, बाबुआमालाई राम्रोसित पालनपोषण गर्नका लागि हो । जसले गर्दा उसले विदेशमा कडा मेहनत गर्छ । सबैलाई सुरक्षित राम्रो स्थान पर्छ भन्ने छैन कोही गाँउमा, मरुभूमि, जंगलमा काम गर्नुपर्ने हुन्छ त्यो अवस्थामा तनाव सिर्जना भई विभिन्न समस्या देखापर्ने हुन्छ । जसले गर्दा उनीहरूमा सबैभन्दा ठूलो समस्या भने निद्रा नलाग्ने अर्थात् इन्जाइटिकजस्ता रोगहरू देखापर्छ । जसले गर्दा अषौधि प्रयोग गर्न बाध्य हुनुपर्छ ।

विदेशबाट फर्केका युवाहरू सिधै त्रिवि अस्पताल महाराजगञ्जमा आफ्नो मानसिक स्वस्थ्य चेकजाँचका लागि जानेगरेका छन् । यस्तै मानसिक मात्र नभएर विदेशमा काम गर्दा युवाहरू धेरै नै असुरक्षित रहेको तथ्यहरू विभिन्न समयमा सार्वजनिक भएको छ । कम्पनीहरूले सुरक्षा प्रबन्ध उचित नहुँदा काम गर्दा दुर्घटना हुने, मृत्यु समेत हुन गरेको पाइन्छ । स्वास्थ्य समस्या मात्र नभएर विदेश जाने कामदारहरूको जीवनको समेत सुरक्षा नभएको पाइन्छ ।

उपचार असम्भव भने छैन जो युवाहरू विदेश गएर मानसिकलगायत अन्य स्वास्थ्य समस्या लिएर आएका छन् तिनीहरू उपचारको क्रममा समान्य हुन्छन् । मानसिक समस्या लिएर आएका युवाहरूले मनोचिकत्सकसँग भेटर आफ्ना समस्याहरू भनेर चिकित्सकको अनुसार अघि बढ्दा उनीहरूको मानसिक रोगहरू समाधान हुन्छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com