रेमिट्यान्स प्रवाह उचित तरिकाबाट भएको पाइँदैन

अर्थविद डा. तिलक रावल
रेमिट्यान्सले कुल गार्हस्थ्य उत्पादन(जीडीपी)मा एक तिहाइ अर्थात् करिब २९ प्रतिशत सहयोग गरेको छ । एक सय ७० मुलुकमा नेपाली युवाहरू काम गर्नको लागि जाने गरेका छन् भने करिब आठ अर्ब रेमिट्यान्स मुलुकमा भित्रिने गरेको छ । रेमिट्यान्स बैंकिङ च्यानलमार्फत नआउने हुँदा यसको प्रवाह समेत उचित तरिकाबाट भएको पाइँदैन । युवाहरूमार्फत आउने रेमिट्यान्सबाट उद्योग स्थापना तथा सेयरमार्फत लगानी गर्न सकिन्छ तर त्यसो नभएर रेमिट्यान्स उपभोक्तामुखी भएको छ अर्थात परिवारको खानपान, लत्ताकपडा, टेलिभिजन, मोबाइललगायतका उपभोग्य वस्तुमा मात्र सिमित भएको छ ।

उपभोक्तामुखी बन्दा रेमिट्यान्स लगानीमा परिणत हुन नसक्दा दिगो बन्न सकेको छैन । जसको मुख्य कारण भनेको सरकारले रेमिट्यान्सलाई लगानी गर्ने कुनै सफल नीति बनाउन सकेको छैन । रेमिट्यान्स मुलुकमा आयात हुने सामग्री जस्तो चामल, तरकारी, लत्ताकपडालगायतको सामग्रीमा उपयोग भइरहेको छ । जति रेमिट्यान्स मुलुकमा भित्रिन्छ त्यसको आधा मात्र लगानी गर्ने हो भने मुलुकको आर्थिक विकास तथा युवाहरूको आर्थिक विकास सम्भव छ । रेमिट्यान्सको प्रयोग भत्किएको घर बनाउन, गाँउबाट सदरमुकाम तथा सहर क्षेत्रमा बसाइ सर्ने प्रवित्तले गाँउमा रहेको जग्गा जमिन बाँझो बन्ने पुगेको छ । यस्तो कार्यलाई थाती राखेर सरकारले २०/२५ जना युवा एकीकृत गराएर उद्यमशीलता गराउन सक्छ ।

रेमिट्यान्सको अँध्यारो पक्ष भनेको चर्को ब्याजमा विदेश उड्नु जसले गर्दा विदेशमा कमाएको पैसा ऋण तिर्दैमा सकिने । अर्को पैसा खेलाउने बानीले गर्दा विदेशबाट फर्केपछि सरसामान तथा मीठो खाएर सकेपछि फेरि विदेश जान रहर गर्नु रहेको छ । पैसा कमाउन विदेश जाँदा मृत्यु हुनु अर्को दुःखद पक्ष हो । मुख्य कुरा भनेको मुलुकलाई राहत दिए पनि रेमिट्यान्सको उचित प्रयोग नहुँदा युवाहरूलाई आर्थिक सुरक्षा प्रदान हुनसकेको छैन भने व्यक्ति, समाज र मुलुकलाई कुनै दिगोपन दिन सकेको छैन । यस विषयमा सरकारले आवश्यक कदम चाल्न ढिलो भइसकेको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com