वैदेशिक रोजगारको महत्व छैन भन्नु गलत

गणेश गुरुङ
वैदेशिक रोजगारीको कारण मु्लुकमा आन्तरिक बसाइसराइ वृद्धि भएको छ । विदेश गएका युवाहरूले घरमा पठाएको रकमले गाँउबाट सदरमुकाम तथा सहरमा बसाइ सर्ने प्रवृत्ति बढेको छ । जसको प्रभाव बढी मात्रामा संयुक्त परिवारमा पर्ने गरेको छ । बसाइसराइले गर्दा संयुक्त परिवार एकल परिवारमा परिणत भएको छ । युवापिडीहरू सुविधायुक्त स्थान अर्थात् सदरमुकामलगायत सहरबजारमा बसाइ सर्ने गरेका छन् भने वृद्धवृद्धाहरूले आफ्नो जन्मस्थान नछाड्दा गाँउघरमा बुढाबुढी मात्र पाइने गरेको छ । जसले गर्दा वृद्धवृद्धाहरूलाई असहज अवस्थामा सहयोग गर्ने युवाहरूहरूको अभाव हुनेगरेको छ ।

आन्तरिक बसाइसराइको कारण गाँउघरमा मेलापात गर्ने अर्थात् बालीहरू लगाउनको लागि मानिसहरू नहुँदा जमिनहरू बाँझो राख्ने प्रवित्त समेत बढेको छ । विशेष गरी पुरुषहरू बढी मात्रामा कामका लागि विदेश जाने गरेका छन् । उनीहरू विदेश गएर केही रकम पठाँउदा उनीहरूको श्रीमती तथा बालबच्चाहरू शिक्षा, स्वास्थ्यका साथै अन्य सुविधाका काममा खर्च गर्ने गर्छन् ।

युवाहरू विदेश गएकै कारण प्रजननदर समेत घटेको उनले बताए । विदेश युवा जान्छन् जसले गर्दा श्रीमान् श्रीमतीबीच यौन सम्बन्ध हुन पाउँदैन जसले गर्दा प्रजननदरमा कमी आएको छ । हिजोको दिनमा अमेरिकी सरकारले नेपालको प्रजननदर कम गर्नको लागि विविध सहयोग प्रदान गरेको थियो तर आज आएर वैदेशिक रोजगारबाट त्यो सम्भव भएको छ ।

पहिले एउटै महिलाले चार÷पाँचजना बच्चा जन्माउने गरेकोमा आज त्यो बढीमा दुईवटामा सीमित भएको छ । यो सकारात्मक कुराको रूपमा समेत लिन सक्छौँ । तर बाबु वा आमामध्येमा एक जनाको अभावमा जन्मिएका तथा हुर्किएका बच्चाहरूको मनोविज्ञानमा कस्तो असर पर्ला यो समस्याको रूपमा देखापरेको छ ।

अर्का पाटो भनेको महिला पुरुषमध्ये एक विदेशमा हुँदा एक–अर्काका यौन चाहना पूरा हुँदैन । महिलाहरूले भने आफ्नो इच्छालाई लुकाएर राख्न सक्छन् तर पुरुषहरू भने हाम्रो समाजमा यौन चाहना दबाएर राख्न नसक्ने हुँदा विदेशमा भएका पुरुषहरूले विदेशमा परपुरुषसँग सम्बन्ध राख्ने गरेको सञ्चारमाध्यमा सुनिन्छ जसले गर्दा समस्या उत्पन्न भएको छ ।

रेमिट्यान्सको कुरा गर्दा केही वर्षअघि सम्म ३१ प्रतिशत गरिबीको रेखामुनि रहेका नेपालीहरू रेमिट्यान्सकै कारण हाल २३ दशमलव आठ प्रतिशतमा झरेका छन् । अर्थशास्त्रीहरूले रेमिट्यान्सलाई मात्र वैदेशिक रोजगारको सुखद पक्ष मान्न नसकिने बताए पनि मुुलुकमा रोजगारीको सिर्जना भएको छ ? उनको प्रश्न छ । अर्का कुरा भनेको वैदेशिक रोजगारमा सरकारले पठाएको त होइन विदेश जाने युवाहरूको व्यवस्था मात्र गरेको हो । त्यसैले अर्थशास्त्रीहरूले भनेजस्तो रेमिट्यान्सलाई राम्रो पक्ष नमान्नु भनेको गलत गर्नु हो । रेमिट्यान्सले गर्दा गरिबी घटेको छ ।

यदि युवाहरू विदेश नपठाउने हो भने मुलुकमा बेरोजगारी बढी चोरी डकौतीजस्ता आपराधिक काम बढ्न सक्छ त्यतातर्फ पनि ध्यान दिनु जरुरी छ । खान नपाएर, राम्रो बास नभएर विदेश गएका छन् त्यसैले वैदेशिक रोजगारको महत्व छैन भन्नु गलत हो । केही समयअघि बैंकमा तरलता छाउनु भनेको रेमिट्यान्सले गर्दा नै हो । प्रत्येक वर्ष २० अर्बभन्दा बढी रकम नेपालमा रेमिट्यान्समार्फत प्राप्त भएको छ जसले मुलुक सञ्चालनको लागि मुख्य भूमिका खेलेको छ । बजेटमा रेमिट्यान्सले ४० प्रतिशत भूमिका आगटेको ।

रेमिट्यान्स आएको देख्दा आवरणमा राम्रो र सुखद पक्ष माने पनि त्यसको भित्र देखिएको पीडा भने अत्यन्त गम्भीर रहेको छ । युवाहरूले विदेशमा काम गरेपछि रकम प्राप्त गर्छन उक्त प्राप्त गरेको रकम नेपालमा पठाउँछन् जुन रेमिट्यान्सको रूपमा यहाँ आएको छ । यसलाई थोरै मात्र अध्ययन गर्ने हो भने पनि युवाहरूले रेमिट्यान्स अर्थात् पैसा पठाए मात्र मुलुकमा सिन्को समेत भाँचेनन् अर्थात् मुलुकको विकासको लागि कुनै प्रकारको योगदान गरेनन् भन्नु गलत हो । सरकारले युवाहरूको भूमिका खोजेन वा युवाहरू आवश्यक ठानेन ।

अर्को कुरा भनेको युवाहरूले विदेशमा छँदा जति पनि काम गरे त्यो सबै सो मुलुकको लागि भयो आफ्नो मुलुकको भएन । विदेशमा रहँदा जति पनि काम गरेर त्यहाँको वृद्धि विकास गरे त्यो विकास सो मुलुकका सन्ततिको लागि समेत भयो तर पैसा मात्र ल्याउने कामले क्षणिक सुख मिलेजस्तै सन्तानहरूले अभिभावका आफू हुर्केबढेको ठाउँमा कुनै काम गरेको नदेख्नुको साथै उनीहरूको योगदान देख्न पाएनन् । जसले गर्दा नयाँ पिढीमा आफ्नो घर समाजकाले लागि केही गर्नुपर्छ भन्ने सोच हराएर जान सक्छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com