दशैमा लुगा फेर्ने चाहाना छ पैसा छैन

आशिष बहादुर सिंह
हिन्दु नेपाली हरुको मुख्य महान चाडपर्ब नजिक आउदा राम्रो लगाउने मिठो खाने चाहाना सबै लाई हुन्छ पैसा नहुदा एक सरो लुगा फेर्न लाई पनि गरिब लाई क्रणको भारी थाप्लोमा थपिएको छ । पछिल्लो समयमा चाडपर्ब पनि मंहगा हुदै आएका हुनाले पनि गरिबको टाउकोमा क्र्णको भारी थपिदै गएको हो  । जयपृथ्वी नगरपालिका धनजय सिंह दशै आयो भनेर भन्छन त्यही भएर पडेसका मित ज्युको घरमा क्रण माग्न जान्छु घरमा छोरा छोरी नाति नातिनी कपडा भनेर मरिहत्या गर्छन त्यही भएर क्र्ण माग्न जाने सिंहले बताए । क्रण पाए कपडा किन्न बजार जान्छु नत्र रितो हात घर फर्किनु पर्ला भनि दुखेसो सुनाए ।

जिल्लामा उनी त एक पात्र मात्र हुन उनि जस्ता हजारौ गरिब दुखीको समस्या उस्तै छन् । घरमा वुढी र म कान्छो छोरा छुँ जेठो छोरा बुहारी भारत छन् भन्छन कता छन हामि लाई केहि थाहाँ छैन् । घरमा एक नातिनी मात्र छन् त्यही नातिनीको लागी भएपनि मैले कर्जा निकाल्नु पर्छ अन्य कमाउने कुनै आयसा्रेत्र पनि छैन म अहिले वुढो भईसके पहिला त अरुको भारी बोकेर छोराछोरी लाई सानाको ठुला बनाए अहिले आफुलाई करिब ७० बर्ष भईसक्यो बुढेसकाल लागिसक्यो अझ सम्म पनि सुख कस्तो हो कल्पना समेत गर्ने सकेको छैन् पहिला पनि दुख पाए अहिले सम्म पनि दुख भोक्दै छुँ । पहिला पनि ६ सन्तान थिय उनलाई पालन पोषन गर्ने झुलाघाट बाट नुनका भारी गुडका भारी चैनपुर पु्याएर सम्झना ताजै छ । छोरा छोरी पालेका दुखेसो गरे उनि त सुदुरपश्चिमका पहाडी जिल्लाका एक पात्र मात्र हुन उनि लगाएत

शब्दैमा पूर्वाग्रहीजस्तो सुनिने सुदूरपश्चिम का गाउँ रित्याएर भारतमा न्यून ज्यालामा काम गर्न जाने पिडा उस्तै छन् । बदलिएको व्यवस्था हाँक्न तीन तहका सरकार घरदैलोमा आइसक्दासम्म यो दुर्दशा उस्तै छ । कसैले भनिदिन सक्छ, के बेरोजगारी यो सरकारका पालामा सुरु भएको हो र । घरमा ताल्चा ठोकेरै सही चौकीदार बन्न भारत छिर्नेहरूको संख्या घटेको छैन भारतमा काम गर्ने गएका नेपाली चाडपर्बमा घर आउँन नपाउँदा घरमा आमा रुदै बसेको कथा अनिल कामीले सुनाए  ।

आराम चाहिने बेला भइसक्दा पनि वृद्धवृद्धाहरू कठोर शारीरिक श्रम गर्नुपर्ने बाध्यतामा छन् ।अनि केटाकेटीहरू स्कुल जान छाडेर खेतबारी सम्हाल्न अभिशप्त छन् ।रेमिट्यान्समा आश्रित देशका युवालाई योग्यताअनुसारको काम दिलाउन थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट सडकको नाली सफा गर्ने, फूल टिप्ने, झार उखेल्ने, बाँदर लखेट्नेजस्ता काममा खर्च भएको आलोचना यसअघि नै बाहिरि सकेको छ ।

नागरिकमुखी हुन अझै बाँकी हाम्रो लोकतन्त्रका लागि सुदूरपश्चिमको यो खबर आफैँमा पर्याप्त सन्देश हो । सुदूरपश्चिमका बस्तीबाट भारतमा काम गर्न जाँदा रोजगारदाताले अधिकांशको नागरिकता आफूसँगै राख्ने गरेका छन् । केही तलबितल परे नेपालीको ‘राष्ट्रियताकै प्रमाणपत्रसमेत खोसिन्छ तर यस्तो बहसलाई सीमाकेन्द्रित बहसले छोप्ने गरेको छ ।

बाँकी त सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई थाहा छ, जसले ५ फागुन ०७४ मा शपथग्रहण लगत्तै बोलेका थिए अब कसैले भारतको चौकीदारी गर्नुपर्ने छैन । कामको खोजीमा भारत गएका सुदूरपश्चिमबासीलाई एक वर्षभित्रै घर फर्काइनेछ । मुख्यमन्त्रीले त्यो बेला भनेको ठीकै हो । हामीले सम्झाउन खोजेको, बेला घर्किन लाग्यो भन्ने मात्रै हो । सुदूरवस्र्ती बस्तीको यो विछोड वेदना र बेचैनी अब केन्द्र सरकारको पनि एजेन्डा बन्नुपर्ने विषय हो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com