उद्योग क्षेत्रमा बढीभन्दा बढी लगानी भित्र्याइने

प्रवीण राउत
काठमाडौं, असोज १६
उद्योग विभागले आगामी दिनमा मुलुकको उद्योग क्षेत्रको विकासको लागि बढीभन्दा बढी लगानी भित्र्याउने बताएको छ ।मुलुकमा रहेको उद्योग क्षेत्रको विकास र आर्थिक विकासको लागि उद्योग क्षेत्रमा बढीभन्दा बढी लगानी भित्र्याउने आप्mनो योजना रहेको विभागका नवनियुक्त महानिर्देशक जीवन प्रकाश सिटौलाले बताएका हुन् ।

असोज ८ गतेदेखि विभागको नेतृत्व सम्हालेका उनले आर्थिक दैनिकसँगको कुराकानीमा मुलुकको आर्थिक विकासको लागि उद्योगको विकास आवश्यक भएकाले आगामी दिनमा उद्योग क्षेत्रमा बढीभन्दा बढी लगानी भित्र्याउने गरी काम गर्ने बताए । उनले लगानीमैत्री वातावरण निर्माण गर्ने र सञ्चालनमा रहेका व्यवसायलाई पनि निरन्तरता दिनेसमेत बताए । विभागले उद्योग स्थापना गर्छु भन्दै आउने लगानीकर्ताहरुले उद्योगको लागि छुट्याएको रकम लगायतको विषयमा समेत अध्ययन गर्ने भएको छ ।

उद्योगका लागि आवश्यक रकम छ/छैन, कति रकम लाग्छ, कस्तो प्रकृतिको उद्योग हो भनेर आगामी दिनमा अध्ययन गरेर अघि बढ्ने महानिर्देशक सिटौलाले बताए । उनले भने, ‘उद्योग क्षेत्रमा लगानी प्रतिबद्धता आए पनि रकम नआउने प्रवृत्ति रहेकोमा त्यसलाई सुधार गरिन्छ ।’ मुलुकको उद्योग क्षेत्रमा कसैले अर्थात् स्वदेशी वा विदेशी लगानीकर्ताहरुले लगानी गर्छु भनेर आए उसको लगानी क्षमता, आर्थिक क्षमता, प्राविधिकलगायतका क्षमता हेर्ने र आवश्यक निर्णय गर्ने उनले बताए ।

लगानीकर्ताहरुको लागि विभागले सहजीकरणको भूमिका निर्वाह गर्ने बताउँदै महानिर्देशक सिटौलाले उद्योग क्षेत्रमा सुशासन कायम गर्ने बताए । ‘उद्योग क्षेत्र व्यवस्थित हुनको लागि निश्चित नियम, अनुशासन आवश्यक पर्छ जसबाट यस क्षेत्रमा सुशासन कायम गर्न सकिन्छ’, उनले भने । महानिर्देशक सिटौलाले सरकारले औद्योगिक व्यवसाय ऐन २०७५ जारी गर्न लागेको बताउँदै सो ऐनले उद्योग क्षेत्रको विकासको लागि सहयोग गर्ने बताए ।

उनले औद्योगिक सम्पत्ति ऐन, औद्योगिक प्रतिलिपि ऐन पनि प्रक्रियामा रहेको जानकारी दिए । औद्योगिक व्यवसाय ऐनले उद्योग क्षेत्रको विकासमा सहयोग पु/याउने र प्रतिलिपि ऐनले टे«डमार्क, पेटेन्ट र डिजाइनलाई समेट्ने उनको भनाइ छ । महानिर्देशक सिटौलाले विभाग प्रविधिमैत्री हुँदै गएको समेत बताए । ‘हामीले लगानीकर्ताको सहजताको लागि भनेर एकल विन्दु सेवा केन्द्र सञ्चालन गरेको छौँ, साथै प्रविधिमैत्री पनि बनाउँदै अघि बढ्छौं’, उनले अगाडि भने, ‘प्रविधि प्रयोग गरी काम गर्दा छिटो काम हुने र सबैलाई सहजताको लागि आगामी दिनमा प्रविधिलाई समेत जोड दिएका छौं ।’ उद्योग क्षेत्रमा चुनौती रहेको जनाउँदै उनले उद्योग सञ्चालन ढिलो गर्ने, लगानी समयमा नआउने लगायतका चुनौती रहेको बताए । विभागले उद्योग दर्तासँगै लगानी समेत स्वीकृत गर्छ । विभागसँग पाँच करोड रुपैयाँदेखि छ अर्ब रुपैयाँसम्मको लगानी स्वीकृत गर्ने अधिकार रहेको छ ।

महानिर्देशक सिटौला विभाग आउनुअघि प्रदेश नम्बर १ को आर्थिक योजना मन्त्रालयका सचिवको रुपमा कार्यरत थिए । उनी उद्योग क्षेत्रको जानकार समेत रहेका छन् । उनी विभागमा पहिला काम गरिसकेको कर्मचारी समेत हुन् । वि.सं. २०६४/०६५ को समयमा विभागमा रहेको औद्योगिक सम्पत्ति शाखाको निर्देशकमा रहेर काम गरेका थिए । उनीसँग सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको भई कार्यसञ्चालन गरेको समेत अनुभव रहेको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com