संसद् सचिवालयद्वारा सभामुुख महराको राजीनामासम्बन्धी सूचना प्रकाशित

काठमाडौं, असोज १६
संघीय संसद् सचिवालले कृष्णबहादुर महराले सभामुख पदबाट दिएको राजीनामासम्बन्धी सूचना प्रकाशित गरेको छ । सचिवाललयले बुधबार सूचना जारी गर्दै सभामुख महराले पदबाट राजीनामा दिएको जानकारी गराएको हो । सभामुख महरामाथि गत आइतबार संसद् सचिवालयमा कार्यरत एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो ।

बलात्कारको आरोपपछि महराले मंगलबार प्रतिनिधिसभा नियमावलीबमोजिम उपसभामुख डा. शिवमाया तुुम्वाहाङ्फेसमक्ष राजीनामा दिएका थिए । उपसभामुख तुुम्वाहाङ्फेको आदेशअनुुसार सचिवालयले प्रतिनिधिसभा नियमावलीबमोजिम सभामुख महराको राजीनामासम्बन्धी विषय बुधबार सूूचनापत्रमार्फत जानकारी गराएको हो । संघीय संसद्को अधिवेशन चालू रहेको अवस्थामा सदनमा तथा अधिवेशन नभएको अवस्थामा सभामुखको राजीनामा सूूचनामार्फत जानकारी गराउने व्यवस्था रहेको छ ।

महराले प्रतिनिधिसभाको सभामुख पदबाट दिएको राजीनामालाई उधृत गर्दै सूचनापत्रमा भनिएको छ, ‘विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि राजीनामा दिएको छु ।’ रिक्त भएको सभामुख चयनसम्बन्धी प्रक्रिया अघि बढाउन संघीय संसद्को पाँचौँ अधिवेशन प्रारम्भ आह्वान हुनुुपर्नेछ । त्यसअघि दलहरूबीच कुुन दलले सभामुुख प्राप्त गर्ने भन्ने विषयमा छलफल हुनुुपर्ने आवश्यकता देखिएको छ ।

दलहरूबीच सहमति नभएको खण्डमा निर्वाचनका माध्यमबाट सभामुखको चयन हुनेछ । संविधानको भावनाअनुुसार सभामुख र उपसभामुुखमध्ये फरक दल र फरक लिङ्गको हुनुपर्दछ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) फरकफरक राजनीतिक दल रहेको अवस्थामा सभामुख र उपसभामुुखको चयन भए पनि दुवै दलको एकीकरणपछि दुुई पदमध्ये एक पद फरक दलको हुनुुपर्छ भन्ने प्रश्न उठ्दै आएको थियो । सभामुख महराको राजीनामा आएसँगै अब यो विषय पुनः कार्यान्वयनमा जानेछ । यसअघि सभामुख पदमा महरा निर्विरोध निर्वाचित भएका थिए । उपसभामुख पदमा भने मतदान भएको थियो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com