विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री खतिवडा भारत प्रस्थान

काठमाडौं, असोज १६
विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री डा. युवराज खतिवडा भारत प्रस्थान गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडा बिहीबार र शुक्रबार भारतमा हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन बुधबार नयाँ दिल्ली प्रस्थान गरेका हुन् । सो कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाको आर्थिक परिदृश्य विषयमा अतिथि वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । साथै उनले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, लगानीको वातावरणमा भएको सुधार, राजस्व क्षेत्रमा भएका सुधारलगायतका विषयमा समेत सहभागीहरूलाई जानकारी गराउनेछन् ।

कार्यक्रमको समयमा अर्थमन्त्री डा. खतिवडाले विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्डसँग द्विपक्षीय भेटघाट गर्नेछन् भने विश्वका आर्थिक क्षेत्रका नेताहरूसँग भेटघाट हुने कार्यक्रम छ । भ्रमणका अवसरमा अर्थमन्त्री डा. खतिवडा र भारतीय समकक्षी अर्थमन्त्री निर्मला सिथारमणबीच भारतको अर्थ मन्त्रालयमा द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ । उनीहरूबीच पछिल्लो आर्थिक स्थिति, नेपाल–भारत सम्बन्ध, भारतले नेपालमा सहयोग गरेका आयोजनाको अवस्थालगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । अर्थमन्त्री डा. खतिवडा शनिबार स्वदेश फर्कनेछन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com