लालीगुराँस बहुउद्देश्यीय सहकारीले मनायो २१औं वार्षिकोत्सव

ललितपुर, असोज १६
लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २१औँ वार्षिक उत्सव मनाएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण बाराही, सचिव एवम् प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र कोषाध्यक्ष रविशमसेर थापाले केक काटेर वार्षिक उत्सव मनाएको हुन् । सो अवसरमा संस्थाका सचिव एवम प्रमुख कार्यकारी निर्देशक भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको सहकारीले देशको समग्र आर्थिक क्षेत्रको विकासमा संस्थाले आगामी वर्षहरूमा थप नयाँ कार्यक्रम र योजनाहरू अगाडि बढाउँदै लैजाने बताए ।

संस्थाले आफ्नो लगानीमा देशकै सर्वाधिक ठूलो गाई फार्म सञ्चालन गरेको भण्डारीको भनाइ थियो । उनले अस्पताललाई थप गुणस्तरीय सेवा उपलब्ध गराउन सहकारी संस्थामार्फत आफ्नै भवनमा अस्पताल सञ्चालन गर्ने तयारी गरेको पनि बताए । ३६ जिल्लामा सदस्य सुविधा सञ्चालन गर्ने अनुमति पाएको संस्थाले यो वर्ष करिब आधा दर्जन जिल्लामा सदस्य सुविधा काउन्टर सञ्चालन गर्ने तयारी गरेको उनको भनाइ छ । २० वर्ष पूरा गरेको संस्थाले गएको वर्ष ‘उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार–२०७५’ प्राप्त गरेको छ । ९७औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदेश नं.३ बाट श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले संस्थाका अध्यक्ष अमरदास श्रेष्ठलाई २० हजार रूपैयाँ नगदसहित सम्मान–पत्र प्रदान गरेका थिए । यो अवधिमा संस्थाले ललितपुरको चापागाँउ, काठमाडौँको चाबहिल र भक्तपुरको कौशलटारमा सदस्य सुविधा काउण्टर सञ्चालन गरिसकेको छ । चालू वर्षभित्र काठमाडौँको न्यूरोड, गोङ्गबु र महाराजगञ्ज, भक्तपुरको सूर्यविनायक, चितवनको पर्सा र भरतपुर, गण्डकीको गोरखा, कास्कीको पोखरा र मकवानपुरको हेटौडामा सदस्य सुविधा काउन्टर सञ्चालन गर्ने तयारी गरेको संस्थाले जनाएको छ । संस्थाले आफ्ना सेयरसदस्यहरूलाई प्रभावकारी ढङ्गबाट सेवा सुविधाहरू उपलब्ध गराइरहेको मात्र नभई तीन सयभन्दा बढीलाई प्रत्यक्षरूपमा रोजगारी उपलब्ध गराइरहेको जनाएको छ ।

संस्थाका कार्यकारी निर्देशक भण्डारीले संस्थाले सहकारीको ऐन, नियम र मापदण्डअनुसार नयाँ योजना अघि बढाउने बताए । विसं २०५६ साल भदौ १८ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता सो वर्षको असोज १५ गतेबाट कारोबार सुरु गरेको संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा संस्थाको बहुउद्देश्यी लगानीअन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रालि, शिक्षा क्षेत्रतर्फ नयाँ बानेश्वर शंखमुलमा लालीगुराँस मा.वि./कलेज, डेरी परियोजनातर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, ऊर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोक, लार्चामा भैरवकुण्ड हाइड्रोपावर लि.लगायत अन्य विभिन्न संघसंस्थाहरूमा लगानी गरेको संस्थाले जनाएको छ ।

संस्थाले संस्थाबाट सञ्चालित कार्यक्रमहरूलाई स्तरीय, सरलीकृत तथा प्रभावकारी तुल्याउन आफ्ना सम्पूर्ण कर्मचारीलाई समय समयमा उपयुक्त तालिमहरू प्रदान गर्दै आइरहेको छ । संस्थाले २०७६ चालू वर्षभित्र श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग सञ्चालन गर्न निर्माण कार्य अगाडि बढाइएको छ । अत्यधुनिक गाई फार्ममा हाल करिब पाँच सय गाई रहेका छन् ।

यसैबीच संस्थाको स्थापना दिवसको अवसरमा संस्थाले श्री लालिगुँरास माविमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारी, विभिन्न समिति र उपसमितिका सदस्य, सल्लाहकार, कर्मचारी तथा सेयरसदस्य गरी जम्मा ५० जनाले रक्तदान गरेका थिए । सोही अवसरमा श्रीलालीगुराँस अस्पताले निःशुल्क स्वाथ्य शिविर सञ्चालन गरेको थियो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com