अत्तरियामा १७ करोड रूपैयाँको लगानीमा खानेपानी आयोजना

हिमेश विक
अत्तरिया, असोज १६
सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा गरिएको गोदावरी नगरपालिका क्षेत्रमा भविष्यमा बढ्न सक्ने जनसंख्याको चापलाई मध्यनजर गर्दै अत्तरिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले करिब १७ करोडको लागतमा खानेपानी क्षमता विस्तार गर्ने भएको छ । कैलालीको अत्तरिया बजार क्षेत्रलाई सफा र शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले केही वर्षअघि साना सहरी खानेपानी आयोजनाअन्तर्गत स्थापना भएको खानेपानी आयोजनाले यस क्षेत्रमा खानेपानीको बढ्दो मागलाई पूरा गर्न नसकेको अवस्था राजधानी सहर निर्माणलाई लक्षित गरी भविष्यमा बढ्न सक्ने जनघनत्वलाई समेत धान्न सक्ने गरी खानेपानी आयोजना निर्माणका लागि प्रक्रिया अघि बढाइएको जानकारी संस्थाका अध्यक्ष टीकादत्त जोशीले दिए ।

यसअघि निर्माण सम्पन्न भई उपभोक्तालाई खानेपानी सुविधा उपलब्ध गराइरहेको संस्थाले एक हजार छ सय घरपरिवारलाई खानेपानी उपलब्ध गराउन सक्ने क्षमता भए पनि सहरीकरणको विस्तारसँगै तीन हजार चार सय बढी घरपरिवारलाई खानेपानी उपलब्ध गराइरहेको संस्थामा खानेपानीको क्षमता बढाउन सरकारसँग १७ करोड रूपैयाँबराबरको लगानी सम्झौता प्रक्रियामा रहेको जानकारी समेत अध्यक्ष जोशीले दिए । नयाँ थप गरिने परियोजनाअन्तर्गत गोदावरी नगरपालिकाका वडा नं. १, २ र ४ का उपभोक्ताहरूलाई लक्षित गरी करिब ९ किलोमिटर खानेपानी पाइप विस्तार गर्ने लक्ष्य राखेको जानकारी अध्यक्ष जोशीले छलफल कार्यक्रममा बताएका थिए । छलफलका क्रममा परार्मशदाता कम्पनीका प्रतिनिधि र संघीय खानेपानीको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com