तीन वर्षपछि शरद ऋतुमा सगरमाथा आरोहणको अनुमति

महेन्द्र शाही
सोलुखुम्बु, असोज १६
यस वर्षको शरद ऋतुमामा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो सिजनमा अनुमति लिएको तीन वर्षपछि हो । अघिल्लो दुई वर्षमा कसैले आरोहणको अनुमति नलिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए । यस वर्ष एउटा समूहमा नौ जना र अर्को एक जनासहित १० जना रहेको उनको भनाइ छ । निरौलाका अनुसार सोमबारसम्म सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ समूहका दुई सय ६४ जनाले अनुमति लिएका छन् ।

मनास्लु विश्वसको आठौँ र नेपालको सातौ अग्लो हिमाल हो । यसको उचाइ आठ हजार एक ५६ मिटर रहेको छ । त्यस्तै, आठ हजार पाँच १६ मिटर उचाइको ल्होत्से हिमाल आरोहणका लागि दुई समूहका १३ जना र सात हजार आठ ६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि एक समूहका आठ जनाले अनुमति लिएका छन् । पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार आठ हजार दुई ६७ मिटर उचाइको धवलागिरि हिमाल आरोहणका लागि दुई समूहका ३० जनाले अनुमति लिएका छन् । अहिलेसम्म देशका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा ६८ समूहका पाँच सय १८ जना अरोही रहेका छन् । जसमा एक सय १४ जना महिला र चार सय चार जना पुरुष आरोही रहेको नायब सुब्बा निरौलाले जानकारी दिए । सगरमाथा आरोहणको उत्तम समय वसन्त ऋतुलाई लिइन्छ ।

शरद ऋतुमा सगरमाथा अरोहणका लागि कठिन मानिन्छ । सन् २०१० को अक्टोबरमा अमेरिकी आरोही एरिक लर्सेनले आरोहण गरेयता शरद ऋतुमा कोही पनि आरोही शिखरमा पुगेको रेकर्ड छैन । यो याममा अरोहण सफल हुने या नहुने भन्ने कुरा आरोही र मौसममा भर पर्छ । सन २०१९ कै वसन्त ऋतुमा विभिन्न समूहका तीन सय ८१ जनाले आरोहण अनुमति लिएका थिए भने आरोही र उनीका सहयोगीसहित करिब सात सय जनाले विश्वको सर्वोच्च शिखरमा पाइला टेकेका थिए । आरोहणको क्रममा नौ जनाको ज्यान गएको थियो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com