हुन्डाई गाडीको ‘फ्रि चेकअप क्याम्प’ आयोजना

काठमाडौं असोज १६
नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘हुन्डाई हाईवे एसुरेन्स’ अन्तर्गत हुन्डाई गाडीहरुको लागि फ्रि चेक अप क्याम्प आयोजना गरेको छ । यस कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना ग्राहक वर्गको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुन्डाई गाडीको फ्रि चेक अप क्याम्प स्थापना गरेको छ ।

नेपालीहरुको महान् चाड बडादशैंमा हुन्डाई गाडीमा घर फर्किँदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको फ्रि चेक अप क्याम्पमा ग्राहकहरुले गाडीको फ्रि चेक अप क्याम्प गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले निःशुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ ।

यो योजनाअन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड (काँकडभित्ता रोड), इटहरी (मिलन चोक), कुरिनटार (सीरीन हाईवे रिसोर्ट, डालिमा), भरतपुर (बाल मन्दिर चोक), चौराहा ( बुटवल, नेपालगंन्ज (कोहलपुर चोक), धनगढी (अत्तरिया चोक) र वीरगञ्ज (पतलैया चोक) हरुमा फ्रि चेक अप क्याम्प पोइन्टको स्थापना गरिएको जनाएको छ । यो कार्यक्रम विहीबारदेखी आइतबारसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com