रेनो सिरिजका नयाँ फोन भित्र्याउने ओप्पोको तयारी

काठमाडौं असोज १६
ओप्पोले नेपाली बजारमा रेनो सिरिजअन्तर्गत नयाँ फोन सार्वजनिक गर्ने तयारी गरेको छ । पछिल्लोपटक रेनो टेनएक्स जुम सार्वजनिक गरेको ओप्पोले यो पटक भने रेनो टू सिरिजअन्तर्गतका नयाँ मोडलहरु सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले भारतीय बजारमा पछिल्लो महिना रेनो टु सिरिजअन्तर्गतका फोनहरु सार्वजनिक गरिसकेको छ ।

यसैका आधारमा उक्त फोन चाँडै नै नेपालमा सार्वजनिक गरिने सम्भावना प्रबल देखिएको हो । रेनो सिरिजको नयाँ संस्करण अन्तर्गत रेनो टू, रेनो टूजेड र रेनो टूएफ पर्छन् । तीमध्य सबै वा छानिएका उपकरणहरु मध्यकुन नेपाली बजारमा सार्वजनिक गरिने भन्ने कुराको जानकारी चाँडै दिइने कम्पनीले बताएको छ । रेनोको नयाँ सिरिजले प्रयोगकर्ताका सृजनशीलतालाई नयाँ आयाम दिने प्रयास गरेको छ ।

ओप्पोको सफल, रेनो सिरिजअन्तर्गतको नयाँ संस्करणमा कम्पनीले फोटोग्राफीमा थप सुदृढिकरणका लागि ४८एमपी क्वाड क्यामेरा सेटअप, २०एक्स डिजिटल जुम सहितको फाइभएक्स हाइब्रिड जुम, अल्ट्रा क्लियर नाइट शट्स खिच्न सघाउने अल्ट्रा डार्क मोड, क्लियर र स्मूथ भिडियो खिच्न सकियोस् भन्ने सोचका साथ अल्ट्रा स्टडी भिडियोलगायत फिचर्सहरु उपलब्ध गरेको छ ।

कम्पनीका अनुसार जुन २०१९ मा युवा रचनात्मकतालाई प्रोत्साहन दिने सोचका साथ पहिलो रेनो सार्वजनिक गरिएसंगै ओप्पोको यात्रा सुरु भएको हो । आफ्ना सपना पछ्याउँदै भावना प्रस्फुटन गर्न चाहने युवाजमातका लागि विशेष निर्मित ओप्पो रेनोले स्टाइलिस लुक्स र नवप्रबर्तनात्मक डिजाइनमार्फत निकै लोकप्रियता पनि कमाएको कम्पनीको भनाइ छ ।

अब सार्वजनिकको तयारीमा रहेको रेनोटू सिरजले प्रयोगकर्ताका रचनात्मकतालाई थप नयाँ उचाइ प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ । नयाँ फोनले प्रयोगकर्तालाई परम्परागत फोटोग्राफीभन्दा माथि उठ्दै अझ रचनात्मक, ताजा अनुभूति तथा भावना प्रस्फुटन गर्न सघाउने तस्बिर खिच्न सघाउने विश्वास गरिएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com