केएल मोबाइल हबमा नयाँ व्यवस्थापन चाडपर्वको अवसरमा अफरै अफर

काठमाडौं असोज १६ 
काठमाडौंको चुच्चेपाटीस्थित केएल टावरमा रहेको केएल मोबाइल हबमा नयाँ लगानीकर्ता आएसँगै केएल मोबाइल डिजी डिजिटलको रुपमा सेवा सुरु गरेको छ । नयाँ व्यवस्थापन भित्रिएको उपलक्ष्यका साथै चाडपर्वलाई लक्षित गर्दै केएल मोबाइल डिजी डिजिटलले बाइवान गेट वान फ्री अफर सुरु गरेको छ । मोबाईल डिजि डिजिटलले नेपालीहरुको महानपर्व दशैँ तिहारतथा छठ लगायतका चाडपर्वलाई लक्षित गरी दशैंको वहार हरेक दिनउपहार नामक दशैं धमाका योजना पनि सुरु गरेको छ । असोज १ गतेदेखि सुरु भएको दशैं धमाका योजनाअन्तर्गत केएल टावरमा शपिङ गर्ने तथा केएल मोबाइल डिजिटलमा मोबाइल खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु जित्न सक्नेछन् । 

बम्पर उपहारमा एक जनालाई यामाहाको एफजेड एसएफआई भीथ्री मोटरसाइकल वितरण गरिने आयोजकले जनाएको छ । दोस्रो उपहारस्वरुप यामाहाकै रे जेड आर स्कूटर वितरण गरिनेछ भने तेस्रो उपहारस्वरुप एक जनालाई चार रात पाँच दिनको बैंकक भ्रमणको प्याकेज उपलब्ध गराइनेछ । केएल मोबाइल डिजी डिजिटलमा इलेक्ट्रोनिक सामान जस्तै टिभी, फ्रिज, एसी, मोबाइल, होम अप्लायन्सहरुमा ५० प्रतशितसम्म छुट पाउने छन् । साथै बाई वान गेट वानफ्रि र शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरु उपलब्ध गराइने मोबाइल डिजी डिजिटलका प्रबन्धनिर्देशक बालकुमार धिमालले जानकारी दिए ।

यस्तै हरेक स्मार्ट मोबाइलको खरिदमा मुभी टिकट, कभर, टेम्पर ग्लासका साथै अन्य उपहारहरु समेत वितरण गरिने बताइएको छ । दैनिक उपहार योजनाअन्तर्गत हरेक दिन एक जोडीलाई एफक्युब सिनेमाको टिकट, एक हजार रुपैयाँबराबरको शपिङ भौचरका साथै आकर्षक उपहारहरु उपलब्ध गराइनेछ । त्यसैगरी साप्ताहिक रुपमा गोयनका ब्राण्डको रेफ्रिजिरेटर, वासिङ मेसिन, एलईडी टेलिभिज, आईरन, हिटर, भ्याकुम क्लिनरलगायतका घरायसी सामग्री उपलब्ध गराइनेछ । अफर कात्तिक २५ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com