गुगलविरुद्धको मुद्दा बेलायतमा पुनः अघि बढ्ने

 

लण्डन, असोज १६
अवैधानिक रुपमा आईफोन प्रयोगकर्तालाई ट्र्याक गरेको बारेको मुद्दा बेलायतमा अघि बढ्ने भएको छ । तीन जना न्यायाधीशले उक्त मुद्दा अघि बढाउन स्वीकृति दिएको बीबीसीले जनाएको छ । उक्त मुद्दा यसअघि उच्च अदालतले रोकेको थियो । यो मुद्दा अदालत लैजाने काम भने उपभोक्ता अधिकारकर्मी रिचार्ड लोयदले पु-याएका हुन् । तर यता गुगलले भने उक्त घटना झण्डै १० वर्षअघि भएको र त्यसको समाधान समेत सोही समयमा भइसकेको जनाइएको छ । गुगलले अहिले आएर मुद्दा अघि बढाउनुको अर्थ नरहेको भन्दै यसलाई खारेज गर्न आग्रह गरेको छ ।

सन् २०११ र सन् २०१२ मा गुगल कुकिज (साना कम्प्युटर टेक्स्ट फाइलहरु)ले एप्पलको सफारी वेब ब्राउजरको माध्यमबाट मानिसको स्वास्थ्य, जाति, रङ, लिंग, अर्थलगायतबारे डाटा संकलन गरेको थियो । प्रयोगकर्ताले ‘डु नट ट्र्याक’ भने पनि डाटा संकलन भएको लोयदले आरोप लगाउँदै आएका छन् । यसलाई बेलायतमा क्लास एक्सनका रुपमा लिइएको छ । क्लास एक्सन भनेको उही प्रकृतिका मुद्दाको प्रतिनिधित्व एक जनाले गर्ने हो ।

ठूलो प्रविधि कम्पनीका विरुद्ध क्लास एक्सन चालिएको बेलायतमा पहिलोपटक भएको बताइएको छ । तर यही मुद्दा सन् २०१८ को अक्टोबरमा खारेज गरिएको थियो । उक्त समयमा यसबाट ठ्याक्कै कति जना प्रभावित भएको भन्ने नखुलेको भन्दै न्यायाधीशले मुद्दा पन्छाएका थिए । अदालतले पुनः मुद्दा चल्नसक्ने बताएपछि यसका पक्षधर व्यक्तिहरु भने खुसी भएका छन् । सन् २०१२ मा गुगलले २ करोड २५ लाख डलर क्षतिपूर्ति तिर्न अमेरिकामा सहमत भएको थियो । उक्त समयमा अमेरिकी संघीय व्यापार आयोगले कुनै पनि कम्पनीमाथि गरेको जरिवानामध्येकै ठूलो जरिवानाका रुपमा यसलाई हेरिएको थियो ।

 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com